site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुणाकर भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले विकल्प खोज्ने !

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नभए नयाँ उमेदवार प्रस्तुत गर्ने संकेत गरेको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री वा दुई दलबीचको द्वन्द्वका कारण नरोकिएको ब्रिफिङ गरेका थिए ।

बैठकमा उनले भट्टको राजीनामा स्वीकृत नहुँदा समस्या परेको बताएका छन् । उनको ब्रिफिङपछि कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृतिका लागि केही दिन हेर्ने र स्वीकृत नगरे विकल्प दिने संकेत उनले गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

“गभर्नर योग्य व्यक्तिलाई कांग्रेसले सिफारिस गर्ने भन्नेमा प्रधामन्त्री र सभापतिबीच सहमति भइसकेको विषय हो । जुन कुरा सभापतिज्यूले आजको बैठकमा पनि बताउनुभयो,” प्रवक्ता प्रकाशशरण महतले बाह्रखरीसँग भने, “तर, कायम मुकायम गभर्नरले राजीनामा स्वीकृत नगर्दा सिफारिसमा अप्ठेरो पर्‍यो ।”

बैठकमा सहभागी एक पदाधिकारीले भने अबको केही दिन हेरेर राजीनामा नभए विकल्पमा अर्कै उमेदवार सिफारिस गरी नियुक्तिको प्रक्रिया अघि बढाउने भन्ने भएको जानकारी दिए ।

“राष्ट्र बैंकलाई नेतृत्वविहीन राख्नुहुँदैन चाँडो उपयुक्त व्यक्तिलाई नियुक्त गर्नुपर्छ भन्ने भएको छ,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “एक–दुई दिनमै राजीनामा स्वीकृत नभए अर्को व्यक्तिलाई सिफारिस गरेर भए पनि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्छ ।”

ती पदाधिकारीका अनुसार, तिम्सिनाले राजीनामा स्वीकृत नगर्ने भनिसकेको र स्वायत्त निकाय भएकाले दबाब दिन नमिल्ने हुँदा वैकल्पिक उमेदवार खोज्ने बाध्यतामा कांग्रेस छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro