site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
विश्वकपको उद्घाटन खेल ड्यानियल ओर्साटोले खेलाउने

काठमाडौं । कतार विश्वकप २०२२ को उद्घाटन खेल इटालियन रेफ्री ड्यानियल ओर्साटोले खेलाउने भएका छन् ।

फिफाका अनुसार विश्वकपको आज (आइतबार) हुने आयोजक कतार र इक्वेडरबीचको उद्घाटन खेलमा ओर्साटो रेफ्रीको भूमिकामा रहनेछन् ।

४६ वर्षीय ओर्साटोले पहिलोपटक विश्वकपका खेल खेलाउन लागेका हुन् । उनलाई सिरो कार्बोन र एलस्जान्ड्रो जियाटाटिनीले लाइन्समेन र मासिमिलियानो इराटीले भिडियो असिस्टेन्ट रेफ्री (भार) का रूपमा सहयोग गर्नेछन् । यस्तै, रोमानियाका इट्सभान कोभाक्स चौथो रेफ्रीका रूपमा रहनेछन् ।

कतार र इक्वेडरबीचको खेल नेपाली समयानुसार राति ०९ः४५ बजेदेखि सुरु हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्