देश
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१, करैयास्थित मतदान केन्द्रमा आइतबार बिहान विस्फोट भएपछि नेपाली सेना परिचालन गरिएको छ ।
सेनाले मतदानस्थल आसपासका क्षेत्रमा सर्च अभियान थालेको छ । भीडलाई हटाएर सेनाले अवस्था सामान्य बनाउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
यहाँ अहिले मतदान स्थगित गरिएको छ । बिहान साढे ९ बजेतिर मत खसालेर निस्कनासाथ आफूले विस्फोटको आवाज सुनेको मतदाता रोहिणी भट्टराईले बताइन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ११:२२
प्रतिक्रिया दिनुहोस्