site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योग्य व्यक्ति जसले जिते पनि हुन्छ, जनताले हार्नुभएन : ई. आकर्षण पोखरेल

काठमाडौं । पछिल्लो समय युवा पुस्ता राजनीतिमा प्रवेश गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका युवाहरू अहिले विभिन्न पार्टी र स्वातन्त्रका रूपमा राजनीतिमा प्रवेश गर्दैछन् । गोरखाको छोप्राकमा जन्मिएका ई. आकर्षण पोखरेलले पनि हाम्रो नेपाली पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ७ बाट उमेदवारी दिएका छन् । उनको चुनाव चिन्न लौरो हो ।

इन्जिनियरिङ विषय लिएर देश तथा विदेशमा अध्ययन गरी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरिसकेका पोखरेल देशको विकास राजनीतिक नेतृत्वका कारण हुन नसकेको भन्ने बुझाइका साथ चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । 

इलाममा भर्खरै सञ्चालनमा आएको स्काइ वाकको डिजाइन पोखरेलले नै गरेका हुन् । काठमाडौं कमलादीस्थित निर्माणधीन स्काइ टावर पनि उनले नै डिजाइन गरेका हुन् । उनकै नेतृत्वमा हाल उक्त टावरको काम भइरहेको छ ।

पोखरेलले सन् २०१५ मा अमेरिकमा भएको इन्टरनेसनल योङ लिडर्स एसेम्लीमा भाग लिए । उक्त सम्मेलनमा विश्वका ४० युवाहरूको सहभागिता थियो । त्यसक्रममा उनले विकास र प्रविधिको बारेमा जानकारी लिए । त्यसका साथै युवाहरूले नेतृत्व कसरी गर्ने भन्ने पनि सिके । उनै पोखरेलसँग आसन्न निर्वाचन र उनको राजनीतिक योजनाका बारेमा बाह्रखरीका बलराम बुढाथोकीले गरेको कुराकानी :

घरदैलोमा व्यास्त हुनुहुन्छ, मतदातको प्रतिक्रिया कस्तो छ ?

घरदैलो कार्यक्रम हामीले लगभग सकिसकेका छौँ, लौरोप्रति जनताले अत्यन्त माया देखाएका छन् । कतिपय ठाउँमा त आमाबुबाहरू घरको पाँच तला माथिबाट समेत झरेर आउनुहुन्छ । घरदैलोमा पुग्दा जनताले देखाएको माया देख्दा जनताले परिवर्तन चाहेको देखिन्छ । यो चुनाव भनेको सही नेतृत्व छान्ने अवसर हो । त्यो मै हो भन्न सक्दिन । तर, अहिलेको अवस्था फेर्न सक्ने क्षमता ममा छ ।

पहिलाका चुनावमा गलत नेतृत्व छनोट गर्दिनाले आम जनताले दुःख पाउन परेको छ । सक्षम व्यक्तिले नै हो विकासका मूल फूटाउने, त्यो भएर यी सबै कुराले म योग्य पनि छु । मतदाताले पनि मलाई विश्वास गर्नुहुन्छ जस्तो लाग्छ मलाई ।

तपाईंहरूले साँच्चिकै परिवर्तन चाहनुभएको हो भने परिवर्तन चाहनेहरू किन संगठित भएर एक अर्कालाई सहयोग नगर्नु भएको ? सबै एक्लाएक्लै स्वतन्त्र रूपमा उठ्नेले भोट त काट्ने भयो नि ?  

लौरो अभियानअन्तर्गत जुन उमेदवारी दिएको छु, यो एउटा उमेदवारी मात्र नभएर अभियान हो । यही चुनाव चिह्नबाट देशभर करिब ७० जना युवा साथीहरूले उमेदवारी दिनुभएको छ । हामी केही राम्रो कामका लागि संगठित नै छौँ ।

देशको राजनीतिक अवस्थालाई हेर्ने हो भने सैद्धान्तिक कुरामा मात्र अडिएका छौँ । व्यवहारमा राजनीतिक नेतृत्वले काम गरेको देखिँदैन । हाम्रो उमेदवारी बोलीभन्दा पनि परिणाम दिनका लागि हो । म आफैपनि पूर्वाधार क्षेत्रमा काम गरिरहेको छु । अबको राजनीति भनेको देश बनाउने राजनीति हुनुपर्छ । त्यस्तो खालको सोच विचार हुनुपर्छ । अहिले उठेका स्वतन्त्र उमेदवारहरूमा पनि एक हुने कुरा चलाइयो तर, उहाँहरूसँग यस्तो सोच विचार देखिएन । 

लोकतन्त्रको सुन्दर पक्ष भनेको जोसुकै पनि निर्वाचनमा भाग लिन पाउँछन् । अहिले धेरै स्वतन्त्र उमेदवारहरू हुनुहुन्छ । उहाँहरू पनि उठ्न पाउनुहुन्छ । धेरै उमेदवार उठ्दा समस्या हुन्छ जस्तो लाग्दैन । किनभने जनतालाई झन छनोट गर्न सहज हुन्छ । मतदाताले योग्य र सक्षमलाई छनोट गर्नुप¥यो । अब पनि हामीले राजनीति दाउपेजमा देशको अवस्था बिगार्नु भएन । ५/१० वर्षअघि जे थियो त्यस्तै रहनु भएन ।

अबको नेतृत्वले जनताको समस्या समाधान गर्न सक्नुपर्छ । म उमेदवार बन्दै गर्दा म पनि जनता हुँ । योग्य व्यक्तिले जित्दा त्यसमा मेरो पनि कुनै खालको गुनासो हुनेछैन । योचोटि जनताले हार्नुभएन । योग्य र सक्षम मान्छेले जित्यो भने जनता र देशले जित्छ ।

पार्टी सिस्टममा २/४ जना सक्षम स्वतन्त्रहरू संसद् जाँदैमा त्यस्तो परिवर्तन के हुन सक्छ ?

हिजोका दिनमा साना पार्टीका १/२ जना सांसद संसद्मा आवज उठाउने हुनुहुन्थ्यो । त्यो मैले हेरिरहेको छु । उहाँहरूले पनि त्यहाँ समस्या मात्र भन्नुहुन्थ्यो । तर, अहिले जो हामी युवाहरू संसद्मा जाने प्रयास गर्दैछौँ, हामी समाधान लिएर जान्छौँ । आजका दिनमा जति पनि समस्या छन्, सबैका समस्याका कुरा हुन् । आजका दिनमा नेतालाई छुट्टै बाटो त छैन होला ? पानी आउने धारा पनि छुट्टै छैन होला ? यस्ता आधारभूत समस्याको समाधान लिएर जाँदा, मलाई लाग्छ कसैले नाँइनास्ति गर्दैनन् होला ।

अहिले जति पनि समस्या छन्, ती देशभरकै साझा समस्या हुन् । अहिलेसम्म यो भएन, त्यो भएन भन्ने हुँदैन । हाम्रो भनाइ यो भएन यसरी गर्नुपर्छ, भन्ने समाधान पनि हुन्छ । हाम्रो एजेन्डा समस्या पहिचान र समाधान गर्ने हो । जहाँ समस्याको समाधानको कुरा आउँछ, त्यहाँ बहुमत र अल्पमतको कुरा आउँदैन ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro