site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं–९ का स्वतन्त्र उमेदवार पाठक भन्छन्- ममाथि सांघातिक आक्रमण भयो 
तस्बिर : पाठकको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उमेदवार राजेन्द्रप्रसाद पाठकले आफूमाथि चुनावी प्रचारको क्रममा सांघातिक हमला भएको बताएका छन् । उनले उक्त हमलामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उमेदवार पाठकले आफूमाथि मंगलबार राति चन्द्रागिरि नगरपालिकामा कार्यक्रम सकाएर कीर्तिपुर हुँदै घर फर्कने क्रममा बाघभैरव रोडको छेउमा आक्रमण भएको भन्दै घट्नामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

खर्पन बोकेको मान्छे चिन्ह लिएर चुनावी मैदानमा रहेका पाठकले आफ्ना एजेण्डा देखेर डराएकाहरुले नै आफूमाथि हमला गरेको दाबी गरे । उनले आफ्नो लोकप्रियता देखेर नै सत्ता गठबन्धन वा नेकपा (एमाले) नेतृत्वको गठबन्धनमध्येबाट नै आक्रमण भएको हुनसक्ने अनुमान गरे ।

उमेदवार पाठकले आफ्नो चुनावी एजेण्डामा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने कुरा उल्लेख गरेको पनि जानकारी दिए । उनले मुलुकमा विद्यमान धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने आफूले मुख्य मुद्दा बनाएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय