site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारमा सहभागी कांग्रेसका सबै मन्त्रीलाई देउवाले बोलाए निवासमा
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार (भोलि) बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा आउन भनेका छन् ।

“सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाउनुभएको हो,” सभापति देउवाका स्वीकयसचिव भानु देउवाले बाह्रखरीसित भने ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro