site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको उमेदवार हुँ भनेकै आधारमा मत पाइँदैन 
Tiktok banner adTiktok banner ad

राजन भट्टराई नेकपा एमालेका नेता हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेता भट्टराई दोस्रोपटक काठमाडौं ४ मा उमेदवार बनेका छन् ।

यसअघिको चुनावमा पराजय भोगेका भट्टराई अहिले विजयी हुनेमा विश्वस्त छन् । चुनावी अभियानका क्रममा घरदैलोमा रहेका भट्टराईसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :

घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाइएको छ । उत्साहजनक छ । नेकपा (एमाले)लाई भोट दिनुपर्छ भन्ने मदताहरुमा देखिन्छ । हिजो मत नहालेको ठूलो जनमत एमालेलाई भोट दिनुपर्छ भन्ने पाइरहेको छु । 

मतदाताहरुका गुनासा पनि छैनन् र ?

मतदाताहरुको गुनासा छन् । राम्रो भइदियोस् भन्नेमा हुनुहुन्छ । देश अफ्ठ्यारोमा पर्दै छ । देश अफ्ठ्यारोमा लाने, देशलाई अफ्ठ्यारोमा लैजाने कुराको अन्त्य होस् । मेरा लागि भन्दा पनि देशका लागि सोच्नुपर्यो भन्ने गुनासा सुझावहरु आम रुपमा देखिन्छ । 

अघिल्लो निर्वाचनमा  पराजित हुनुृभयो । सोही व्यक्तिसँग फेरि प्रतिस्पर्धामा हुनुहुन्छ । कस्तो लागिरेहेको छ ?

यो क्षेत्रको अघिल्लो निर्वाचनमा समानुपातिक मत हेर्ने हो भने एमाले पहिलो पार्टी हो । 

समानुपातिक मत ल्याएको विवेकशील साझाले कांग्रेसमा भोट हाल्दा पराजित हामी भएका हौँ । विवेकशीलको प्रत्यक्षमा भन्दा चार हजार कम मत परेको थियो । अहिले त्यो अवस्था छैन । जनताले स्पष्ट बुझिसकेका छन् । 

मेरै पहलमा ठूलो बजेटको व्यवस्थापन भएर विकास निर्माणका कामहरु हामीले गरेका छौँ । त्यसले हामीले जनमत बढेको अनुभूति गरेका छौँ । बाटो, ढलको कुरामा हाम्रो पहल रहेको छ । 

गठबन्धनसहित स्वतन्त्र अरु उमेदवार पनि छन् । प्रतिस्पर्धा कस्तो होला ?

यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने हो । स्वतन्त्रका केही कुरा आए पनि जनमत स्वतन्त्रको पक्षमा छैन । माहोल हाम्रो पक्षमा छ । म निर्वाचन जित्नेमा ढुक्क छु ।
 
तपाईँले जित्ने आधार के हो ?

हालै सम्पन्न स्थानीय निर्वाचनको परिणाम पनि मेरो जित्ने आधार हो । अहिले जनताले दिएको उत्साहजनक प्रतिक्रिया छ । मैले व्यक्तिगत रुपमा गरेको काम पनि हो ।

मैले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार हुँदा राष्ट्रियताका पक्षमा लिएका अडान, मेरा अध्यक्ष केपी शर्मा ओलीले लिएका अडानको कारण, विकासको अग्रता लिएका कारण पनि म जित्छु ।

एउटा भिजन राख्न सक्ने र भोलि यो मुलुकलाई रुपान्तर गर्न र आर्थिक समृद्धितिर लान सक्ने कुनै पार्टी छ भने एमाले मात्रै हो भन्ने जबरजस्त प्रभाव बढ्दै गएको पाएको छु ।
 
अघिल्लो चुनावको गठबन्धन त फेरिएको छ । त्यसले पनि असर गर्ला नि ?

त्यसले खासै असर गर्ने म देख्दिनँ । 

गठबन्धनका उमेदवारले त भावी प्रधानमन्त्रीको रुपमा पनि भोट माग्नुभएको देखियो । त्यसलाई कसरी लिनुभएको छ ?

प्रधानमन्त्री हुनका लागि दलीय व्यवस्थामा दलले के निर्णय गर्छ भन्ने कुरा हुन्छ ।  उहाँको दलको महाधिवेशन नै हेर्ने हो भने ८२ प्रतिशत केन्द्रीय समिति शेरबहादुर देउवाजीको पक्षमा छ । 

देउवाजी आफैं म प्रधानमन्त्री भनेर डडेलधुरामा गएर भोट माग्दै हिँड्नुभएको छ ।  संसदीय दलभित्र मेरा प्रतिस्पर्धी र शेखरजीले २३ प्रतिशत उमेदवार पनि उठाउनुभएको छैन उहाँहरुले । 

२३ प्रतिशत उमेदवार उठाएर कति जिताएर उहाँ प्रधानन्त्री बन्ने हो ? जनताले उहाँलाई प्रधानमन्त्री भनेको आधारमा भोट किन दिने ?


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro