site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भ्रष्टाचार नियन्त्रण मेरो चुनाव जित्ने एजेन्डा  
Ghorahi CementGhorahi Cement

सञ्जय श्रेष्ठ/उमेदवार प्रतिनिधिसभा सदस्य काठमाडौं क्षेत्र नं. ६ 


पप गायक सञ्जय श्रेष्ठ गायनसँगै राजनीतिमा पनि सक्रिय छन् । लामो समय राप्रपामा रहेका उनले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा उक्त पार्टी परित्याग गरे । राप्रपा परित्याग गरेका सञ्जय अहिले स्वतन्त्रबाट काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उमेदवार छन् । उनले चुनाव चिह्न माछा पाएका छन् । चुनावी प्रचारप्रसार अभियानमा रहेका उनी अहिले घरदैलो कार्यक्रममा छन् । भ्रष्टाचारविरुद्ध आवाज उठाइरहने उनी भ्रष्टाचार र कमिसनतन्त्रको अन्त्य गर्न सके नेपालमा धेरै समस्याको समाधान आफैँ हुने बताउँछन् । योसँगै शिक्षा, स्वास्थ्य र स्वरोजगार उनका चुनावी एजेन्डा  हुन् । उनको चुनावी अभियान कसरी चलिरहेको छ, संगठन नहुँदा निर्वाचन जित्न कतिको कठिन छ, राजनीतिप्रति रुष्ट नागरिकलाई कसरी भोटका लागि अपिल गरिरहनु भएको छ ? यी र यस्तै प्रश्न उनै सञ्जय श्रेष्ठसँग बाह्रखरीले गरेको छोटो कुराकानी : 

चुनावी प्रचार अभियान कसरी चलाइरहनु भएको छ ? 
मुख्य त घरदैलो कार्यक्रम हो । बिहानदेखि अबेर साँझसम्म मतदाताको घरघरमा पुगिरहेका छौँ । यसबाहेक स्थानीय समुदायसँग मिटिङ, छलफल, भेटघाट गरेर मत मागिरहेका छौँ । सामाजिक सञ्जालबाट पनि मैले आफ्नो चुनावी अभियान चलाइरहेको छु । 

Agni Group

पार्टी परित्याग गरेर स्वतन्त्रबाट उमेदवार बन्नु भएको छ । पार्टीको संगठन नहुँदा चुनावमा त्यसको नकरात्मक असर देखिने हो कि ?
केही असर गर्दैन । मैले राप्रपा छोडेर उमेदवाी दर्ता गर्दा मसहित जम्मा चारजना थियौँ । एक महिनामा हामी संगठन विस्तारमा लाग्यौँ । अहिले हामीसँग ३२ सय ८ युवा छन् । संगठन विस्तार चाहेको खण्डमा सहजै हुने रहेछ । यो संख्या त युवाको मात्रै हो । हामीसँग अहिले बलियो संगठन बनिसकेको छ । 

अक्सर कसको साथ छ तपाईंलाई ?
राजनीतिबाट जो पीडित हुनु भएको छ । जो राजनीतिबाट फ्रष्टेड भएर बस्नु भएको छ । काम गर्छु भनेर संसद्मा पुग्ने तर काम नगर्ने जनप्रतिनिधिबाट दिक्क भएका नागरिक मसँग जोडिनु भएको छ । 

Global Ime bank

चुनाव जित्ने एजेन्डा के छन् तपाईंसँग ?
साधारण एजेन्डा  बोकेर मैदानमा आएको व्यक्ति हुँ । शिक्षा स्वास्थ्य र स्वरोजगार मेरो चुनावी एजेन्डा  हो । सबैभन्दा ठूलो मेरो एजेन्डा  यो देशबाट भ्रष्टाचार उन्मूलन गर्नुपर्छ भन्ने हो । माया–पिरतीको गीत गाए पनि मेरो ऐजेण्डा भ्रष्टाचारीलाई कठोर सजाय दिनुपर्छ भन्ने हो । सकेसम्म भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने मेरो माग हो । मानवअधिकारका कारण यो सम्भव छैन होला तर यो व्यस्था गर्नुपर्छ भन्ने मेरो माग सधैँ रहन्छ । 

मेरो विचारमा नेपाली नागरिक पीडित भएको भ्रष्टाचार र कमिसनतन्त्रका कारण हो । यो दुई समस्याको समाधान गर्ने हो भने धेरै समस्या आफैँ समाधान हुन्छ भन्ने मेरो धारणा छ । 

स्वरोजगार मेरो अर्को एजेन्डा  हो । सीप भएका नागरिक धेरै छन् । उनीहरूको सीप परिचालन गरेर उत्पादनको बजार व्यवस्थापन गर्ने हो भने कोही पनि विदेश जानै पर्दैन । हामी यहीँ बसेर समृद्ध हुन्छौँ । 

तपाईंका प्रतिस्पर्धीले अगाडि सारेका एजेन्डा  पनि यस्तै छन्, के फरक भयो तपाईं र अरुमा ?
जसले यी एजेन्डा  तीन दशकदेखि उठाएर संसद् र सरकार पुगे । उनीहरूले यसलाई कार्यान्वयन गरिदिएको भए हामी आज यिनै विषय लिएर आउनु पथ्र्यो ? उहाँहरूले काम गरिदिएको भए म जस्तो कलाकार राजनीतिको दलदल सफा गर्न भन्दै आउनै पर्ने थिएन । 

तपाईँ स्वयंले नागरिकले नेताहरूलाई विश्वास गर्दैनन् भन्नुभयो । जनताले तपाईंलाई स्वतन्त्र भएकैले विश्वास गर्ने हो ? 
नागरिकमा राजनीतिक दल र नेताहरूले काम गरेनन् भन्ने ठूलो गुनासो छ । नेताहरूप्रति वितृष्णा छ । त्यसैले यो पटक जनताको विश्वास नै नेता होइन स्वतन्त्रप्रति छ । दलभन्दा पनि आफ्नो क्षेत्रकै रैथाने युवाले उठाएको कुरालाई विश्वास गर्ने र उसलाई साथ दिने मनस्थितिमा मतदाता छन् । उहाँहरूले गरेको विश्वासलाई पूर्णता दिनुपर्छ भन्ने मेरो बचनबद्धता पनि हो ।  

अरुजस्तो म हैन भनेर मतदातालाई विश्वास दिलाउन कति चुनौती रहेछ ? 
कतिपय ठाउँमा हामीलाई प्रश्न आउँछ, तिमी अरुभन्दा के कारण फरक छौ ?, तिमीले विश्वासघात गर्दैनौँ भन्ने के ग्यारेन्टी छ भन्नु हुन्छ । मत दिने व्यक्तिलाई प्रश्न गर्ने अधिकार पनि छ । नागरिकको प्रश्नको जवाफ हामीले दिनसक्नुपर्छ । कतिपय ठाउँमा यसरी प्रश्न गर्ने मतदातालाई सम्झाउनु/बुझाउनु पर्ने अवस्था छ । 

तर, खुसीको कुरा के भने जब हामीले उहाँहरूलाई सम्झाउँछौँ, आफ्ना कुरा राख्छौँ उहाँहरू खुसी भएर यो पटक तपाईंलाई मेरो मत भनेर भनिरहनु भएको छ । 

चुनाव जित्न पार्टी र पैसा नै चाहिन्छ भनेर पूर्व प्रधानमन्त्रीहरूले भन्ने गर्नु भएको छ ? यही नै तगारो त बन्दैन तपाईंलाई ?
चुनौती छ । कतिपय व्यक्ति अझै पनि दल जस्तो सुकै होस् त्यसकै पछि लागिरहने छन् । जसको जीवन नै कार्यकर्ता भएर बित्छ । राजनीतिज्ञको पछि लागेकै कारण उनीहरूको घर चल्छ । 

पैसाको राजनीति हुन्छ । मेरै क्षेत्रमा पनि पैसाको राजनीति भएको छ । तर, यसपटक पैसाको राजनीति भए पनि जनताले राम्रा उमेदवारलाई जिताउनेछन् । आफूलाई ठूला ठान्ने नेताहरू नै पराजित हुनेछन् । नागरिकले विवेकपूर्ण मतदान गर्नेछन् । 

पैसा नभई कार्यकर्ता जुटाउन सकिन्छ ? 
म कार्यकर्ता भन्दिन । चुनावी अभियानमा जुट्नु भएका सबै मेरा हातहरू हुनुहुन्छ । उहाँहरू मेरो आत्मबल हुनुहुन्छ । उहाँहरू मेरो मित्र हो । जित्ने मैले मात्रै होइन हामीले जित्ने हो । 

हामी अरूले जस्तो मासुभात खाँदैनौँ । चाउ, मकै भटमास र दालभात खाएर घरदैलो गरिरहेका छौँ । सबैले मलाई आआफ्नो तर्फबाट सहयोग गरिरहनु भएको छ । कसैले २० हजार कसैले ५० हजार रुपैयाँ सहयोग पनि गरिरहनु भएको छ । 

गायनको लोकप्रिय छविले निर्वाचनमा पनि सहयोग गर्दोरहेछ  ? 
गायनका कारण मलाई चिन्नु हुने साथीभाइले पनि सहयोग गरिरहनु भएको छ । घरदैलोमा पुग्दा कतिपयले गायक भनेर चिनिरहनु भएको छ । मनदेखि सुभकामना दिइरहनु भएको छ । 

कतिपय क्षेत्रमा अन्तिम समयमा आएर आफ्नो उमेदवारी निष्क्रिय बनाएर अरू दललाई सहयोग गर्ने स्वतन्त्र उमेदवार पनि हुनुहुन्छ, तपाईंको त त्यस्तो तयारी छैन नि ?
छैन । म जहाँ पुगेर मत मागेँ । मलाई विश्वास गरेर मतदान गर्छु भन्नु भएको छ उहाँहरूलाई मैले विश्वासघात म गर्नुु हुन्न र गर्दिनँ । भोलि जितेपछि पनि म कुनै राजनीतिक दलमा जान्न । अब म स्वतन्त्र भएर नै राजनीति गर्छु । अब कुनै पनि पार्टीमा प्रवेश गरेर राजनीति गर्ने छैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC