
चितवन । सञ्चारकर्मी रवि लामिछाने चार महिनादेखि पूर्णकालीन राजनीतिमा सक्रिय छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर उनी र उनको दल प्रतिनिधिसभा निर्वाचनमा सक्रिय भएको छ ।
चितवन २ मा प्रतिनिधिसभामा उमेदवारी दिएका लामिछाने निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् तर चुनावी परिणाम आफ्नो पक्षमा नआए आफू आफ्नो कर्मबाट विचलित नहुने बताउँछन् ।
निर्वाचन परिणाम जस्तो आए पनि स्वीकार गरेर जनताको सेवामा लाग्ने उनको प्रतिवद्धता छ ।
बाह्रखरीसँग शनिबार बेलुका चितवनमा भिडियो वार्ताका क्रममा उनले अहिले विद्यमान शासकीय स्वरुपका सम्बन्धमा प्रश्न उठाएका छन् ।
उनले शासकीय स्वरुपमा सधैं प्रश्न उठाउने बताए ।
“शासकीय स्वरुपमा समस्या छन्,” उनले भनेका छन्, “हेडलाइन चेन्ज नभइ लाइफलाइन चेन्ज हुन सक्दैन भन्नेमा म विश्वस्त छु । त्यसैले अहिले कुनै वादका कुरा भन्दा पनि जनतालाई सेवा चाहिएको छ ।”
लामिछानेले चितवन आर्थिक राजधानी बनाउने अभियानमा आफू लागिपरेको बताउँदै आफू अन्यायमा परेको बेला चितवनले आफ्नै छोरालाई जस्तै माया गरेकाले त्यही क्षेत्रमा उमेदवारी दिएको बताए ।
प्रस्तुत छ, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार लामिछानेसँग बाह्रखरीका प्रबन्ध सम्पादक राजेश केसीले गरेको कुराकानी :