संसद् निर्वाचन २०७९
सप्तरी । मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले राजविराज नगरपालिकामा राखिएका निर्वाचन प्रचार सामग्री हटाउन सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत नगरका विभिन्न ठाउँमा झुन्ड्याइएका झन्डा, पोस्टर र ब्यानर प्रहरीमार्फत हटाउन थालिएको हो ।
आचारसंहिता पालना गर्न राजनीतिक दल तथा उमेदवारहरूलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि त्यस्ता सामग्री हटाउन सुरु गरिएको सहायक निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।
“आफैँले आचारसंहितामा दस्तखत गर्ने अनि पालना नगर्ने देखिएपछि एक्सन सुरु भएको हो,” उनले भने ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ १०:१३
प्रतिक्रिया दिनुहोस्