site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
नेपालको विकास कांग्रेसलेमात्रै गर्न सक्छ, समृद्धिका लागि पूर्णकालीन राजनीतिमा लागेँ 

काठमाडौं । उमेश श्रेष्ठ शिक्षाविद् हुन् । कम्तिमा पनि ३२ वर्ष उनी एक निजी क्षेत्रका विद्यालयको नेतृत्वतहमा बसे ।

शिक्षासाथै स्वास्थ्य, हाइड्रो, कृषिलगायतका क्षेत्रमा लगानी गरेका श्रेष्ठ संविधानसभा सदस्य पनि हुन् ।

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठले आफू व्यापार व्यवसायबाट अब पूर्णकालीन राजनीतिमा लागेको बताउँछन् ।

श्रेष्ठले नेपालको विकास कांग्रेसबाटमात्रै सम्भव भएको भन्दै अब पनि कांग्रेस बाहेक कसैले विकासको नेतृत्व लिन नसकिने बताए ।

चितवनमा चुनावी अभियानमा रहेका श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै आफ्ना प्रतिष्पर्धी कसैलाई पनि गाली नगर्ने र उनीहरुको विरोध पनि नगर्ने बताए ।

प्रस्तुत छ, बाह्रखरीकर्मी बलराम पाण्डेसँग चितवनस्थित आफ्नै निवासमा उमेदवार श्रेष्ठले गरेको भिडियो कुराकानी ः

कुराकानीका क्रममा राखेका धारणाका सम्पादित अंश :


–गठबन्धनको प्रतिनिधि हुँ । २८ वडामै हाम्रा कमान्डर छन् । यो उमेश श्रेष्ठकोमात्रै होइन गठबन्धनको चुनाव हो भनेर सबै लाग्नुभएको छ ।

– एक लाख २४ हजार बढी मतदाता छन् । सबै साथीहरु उत्साहित नै पाएको छु ।

–जीवनको मोड गजब हुँदोरहेछ । ३२ वर्ष त म हेडमास्टर नै भएँ । मैले चलाएका संस्था पनि राम्रा बनाएँ ।

–मलाई संविधान लेखनको अवसर पनि मिल्यो । २६ जना विज्ञ लिँदा कांग्रेसले मलाई लिएको हो ।

–चितवन मलाई असाध्यै मन पर्ने ठाउँ हो । म यहाँ घर बनाएको ३२ वर्ष भइसक्यो ।

–मैले क्रियाशील सदस्यता पनि गाउँबाटै लिएको छु । 

–कांग्रेसले मलाई फेरि समानुपातिक सांसदको रुपमा मनोनीत गर्यो ।

–कांग्रेसको केन्द्रीय समितिमा पनि म निर्वाचित भएँ ।

–मैले सबै व्यापार व्यवसाय छाडेर म पूर्णकालीन राजनीति सेवामा लागिरहेको छु ।

–नेपाल सुनको अण्डा हो । हामीले सही तरिकाले प्रयोगमा ल्याउन सक्यौँ भने सम्पन्न हुन धेरै बेर लाग्दैन ।

–धेरै सम्भावना छ । प्रत्येक दिन कैयौँ युवा विदेश जानुपर्ने अवस्था छ ।

–मुलुकमा जति विकास भएको छ त्यो कांग्रेसकै पालामा भएको छ । बैंक कसको पालामा खुल्यो ? एयरलाइन्स कुन सरकारका पालामा आए ? लगानी खुला बजारमै आउने हो । 

–दुई तिहाइ ल्याएको पार्टीले पनि केही गर्न सकेन तर कांग्रेसले त्यसअघि त्यतिधेरै गरेको थियो ।

–द्वन्द्वपछि आर्थिक विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन । 
–गठबन्धन नगर्दा हामी कमजोर भएका थियौँ । अहिले गठबन्धनका कारण सबै बलियो भएका छौँ ।

–चुनावपछिको एजेन्डा आर्थिक समृद्धि नै हो ।

–स्थायी सरकार नभइ केही गर्न सकिँदैन ।

–म स्वास्थ्यराज्यमन्त्री हुँदा पनि खोप ल्याउन धेरै पहल गरेँ ।

–हामीलाई माया गर्ने मान्छे धेरै छन् । 

–उमेश श्रेष्ठ कम बोल्छ काम धेरै गर्छ ।

–चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने योजना छ ।

–यहाँ गठबन्धनले तीनवटै निर्वाचन क्षेत्रमा सक्षम उमेदवार अघि सारेको छ ।

–बस्ती विकासका सम्भावना पनि बढी छ । नारायणी नदीको विकास गरेर पर्यटक क्षेत्र बनाउन सकिन्छ ।

–धार्मिक पर्यटकको सम्भावना छ ।

–यहाँ धेरै कुराको सुविधा पनि छ । चितवन सुगम ठाउँ हो ।

–चितवनलाई नमुना जिल्ला बनाउने काममा लाग्छु ।

–एक नम्बरमा योजना आयोगका उपाध्यक्ष, २ नम्बरमा म शिक्षाविद् र ३ नम्बरमा एकजना वरिष्ठ चिकित्सक हुनुहुन्छ । 

–हामी तीनजना मिलेर समृद्ध चितवनको योजना बनाएर अघि बढ्छौँ ।

–मेरो प्रतिष्पर्धा कसैसँग छैन । रविजी पहिला ३ नम्बर क्षेत्रमा आउने चर्चा थियो । तर उहाँ अकस्मात आउनुभयो । मैले सबै प्रतिष्पर्धीलाई बराबररुपमा हेरेको छु ।

–यहाँ जनता नै सर्वोपरी छन् । जनताले नै सही निर्णय गर्नेछन् । म पनि अब पूर्णकालीन राजनीतिमा प्रवेश गरेको छु ।

–जनताको फैसला मान्न म तयार छु । मैले कसैलाई गाली पनि गर्दिन । कसैको विरोध पनि गर्दिन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro