site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
हामीले गुन्द्रुक र सेलरोटी अन्तर्राष्ट्रिय बजारमा बेच्न किन सक्दैनौँ ?

काठमाडौं । रविन अधिकारी राप्रपाका उदीयमान नेता हुन् । 

व्यावसायिक परिवारका नेता अधिकारीले अहिले चितवन २ बाट उमेदवारी दिएका छन् प्रतिनिधिसभा सदस्यमा ।

आफ्नो उमेदवारी समाज रुपान्तरणका लागि भएको बताउँदै नेपालले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउनै नसकेको बताउँछन् ।

बाह्रखरीकर्मी बलराम पाण्डेसँग गरेको भिडियो वार्तामा अधिकारीले आफूले नेपालको गुन्द्रुक र सेलरोटीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन पहल गर्ने बताए ।

प्रस्तुत छ, अधिकारीसँग गरिएको भिडियो वार्ता 

वार्ताका क्रममा व्यक्त धारणाका सम्पादित अंश :

–म पहिलोपल्ट चुनाव लड्दै छु । निर्वाचन क्षेत्र अलि ठूलो छ । म सबै क्षेत्रमा एकपल्ट पुगिसकेँ ।

–मतदातालाई भेट्दा आशा र उत्साह बढी छ । योपालिको परिवर्तन सकारात्मक हुनेवाला छ भन्ने पाएको छु ।

–अहिलेसम्मको अवस्था हेर्दा ८८ हजार मत खस्ने देख्छु । केही बदर पनि होला । यहाँ चारजनाको प्रतिष्पर्धा छ । तर चुनाव मैले जित्ने देखिरहेको छु ।

–मैले भोगेको कुरा के हो भने जनता ठूला कुरा सुन्न तयार छैन । उनीहरु साना कुरा सुन्न तयार छन् ।

–चुल्हो कसरी बल्छ ? छोराछोरी स्कुल कसरी सहजरुपमा जान सक्छन् भन्ने सुन्न चाहन्छन् ।

–गुन्द्रुक र सेलरोटीलाई अन्तर्राष्ट्रिय बजारमा लैजान्छु । 

–स्रोत साधनको पहिचान गर्ने क्षमता हामीमा भएन । क्षमता नहुनुको पछि नीति बनाउनेको हात पनि छ ।

–हामी सामान किन्नेमात्रै कि बेच्ने पनि हो ?

–हामीले गुन्द्रुक र सेलरोटी बेच्न किन सक्दैनौँ ?

–हामीले आयातमात्रै गर्ने हो ?

–समाज ठिक बनाउनैपर्छ । मान्छे सिद्धान्तमा किन अल्झिइरहेका छन् ?

–मेरो क्षमता मंसिर ४ गते थाहा हुन्छ ।

–म रविन अधिकारी दक्ष रहेछु र जनतालाई बुझाउन सक्ने रहेछु भने मलाई मत दिनेछन् ।

–म निर्वाचित भए कृषिको पढाइलाई व्यापक बनाउँछु । 

–उद्योगीका समस्या समाधान गर्नेछु । उद्योग बनाउँदै जाने कि घर भन्ने स्पष्ट हुनैपर्छ ।

–सामान्यभन्दा सामान्य व्यक्ति अस्पताल जान किन डराउँछ ? सरकारले ल्याएको नीति किन फेल हुँदैछ ? यो समस्याको समाधान गर्नुछ । नीतिगत तरिकाले सम्बोधन गर्नैपर्छ ।

–मेरा योजना प्रष्ट छन् । सांसदले गर्ने काम मैले पूर्णरुपमा गर्नेछु ।

–म शक्तिमा नपुगेसम्म मैले भनेका कामहरु पूरा हुने छैनन् । काम पूरा गर्नका लागि ठाउँमा पुग्नैपर्छ ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro