site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एकैदिन सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६.३६ विन्दुमा  
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमडौं । दुई महिनापछि सोमबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकामा मंगलबार (आज) कारोबार रकम आधा घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार दुई अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज भने एक अर्ब पाँच करोड ६० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस दिन नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ विन्दुमा रोकिएको छ । कारोबारमा आएका २२६ धितोपत्रको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

मंगलबार सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको आठ करोड ५७ रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

Global Ime bank

यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७७ प्रतिशतले घटेर ९२२ रुपैयाँ ५० पैसा कायम भएको छ । यो कम्पनीले आज प्रकाशन गरेको पहिलो त्रैमासिक वित्तीय विवरणमा नाफासँगै खुद ब्याज आम्दानी घटेको हुँदा लगानीकर्ताको आकर्षण घटेको हो ।

कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूक बढेकोे छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा जीवन बिमा समूहको परिसूचक १.०३ प्रतिशत छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूहको परिसूचक १.५६ प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय