site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
विनोद चौधरी हाम्रा पाहुना हुन्, ४ गतेपछि बिदा गर्छौँ

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर एक यसपल्टको निर्वाचनमा चर्चाको केन्द्रमा छ ।

फोर्ब्सको सूचीमा परेका नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी र २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय रहेका हृदयश त्रिपाठीबीच प्रतिष्पर्धा हुँदैछ ।

दुवैजना जित हासिल गर्नेमा उत्तिकै ढुक्क देखिन्छन् । बाह्रखरी टिमसँगको कुराकानीमा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्षसमेत रहेका उमेदवार त्रिपाठीले आफ्नो जित राजनीतिक हुने बताए ।

उनले एकमात्रै अर्बपतिसँग आफूले धनमा प्रतिष्पर्धा गर्न नसक्ने भन्दै राजनीतिकरुपमा आफ्नो उमेदवारी रहेको जनताले आफूलाई समर्थन गर्ने उनले बताए ।

प्रस्तुत छ, उनै त्रिपाठीसँग बाह्रखरीकर्मी बलराम पाण्डेले गरेको भिडियो कुराकानी :


–हामी एमालेसँग तालमेलमा छौँ ।

–म यो क्षेत्रमा ०४८ देखि लगातार जित्दै आएको छु । विगतको चुनावमा संयुक्त वाममोर्चाको घटकको रुपमा मैले सूर्य चिह्न प्रयोगमात्रै गरेको हो ।

–अहिले हाम्रो पार्टी दर्ता भएको छ । त्यसैले सूर्य लिन मिल्दैन ।

–मैले अरुलाई टिकट दिने तर आफू सूर्य लिएर कमल थापाझैँ लड्न मिल्दैन ?

–मित्रता, सुन्दरता र विकासको अन्त्य हुँदैन । जुन बेला प्रतिनिधि भएको थिएँ, आजको अवस्था हेरौँ न ।

–क्रमिक प्रगति नभएको होइन, सन्तुष्ट हुने अवस्था छैन ।

–यहाँ किसानको बसोबास बढी छ । 

–राजनीतिक दल पनि किसानलाई भ्रातृ संगठन बनाएका छन् । यो अलि गलत पनि छ ।

–नीतिगत समस्या चाहिँ छ । अर्थ मन्त्रालय पनि कृषिमैत्री छैन ।

– हाम्रा बैंकिङ प्रणाली कृषि र उद्योगमैत्री छैनन् । आयातमुखी छन् । 

–विनोद चौधरी संसदीय राजनीतिमा नयाँ होइन, तर प्रत्यक्षमा हो ।

–उहाँ संसदीय अभ्यासमा शून्य हो, बजेटमा बाहेक कहिल्यै बोलेको सुनेको छैन । 

–उहाँ धनको बलमा प्रतिष्पर्धामा हुनुहुन्छ । धनको बलमा म लड्दै छैन । धनले कि राजनीतिक कार्यकर्ताले जित्छ भन्ने यहाँ देखिँदैछ ।

–विनोद चौधरी निर्वाचित भए योभन्दा पछिको संसद्मा दुई दर्जन धनाढ्य चुनावमा लड्नेछन् । 

–देशको परिवर्तनमा उहाँको भूमिका छैन । मसँग कति प्रमाण नै छन् ।

–मेरो प्रतिष्पर्धा विनोद चौधरीसँगै हो । 

–कांग्रेसको राजनीतिक संगठन उपेक्षित भएको छ । त्यसको फाइदा मलाई हुन्छ ।

–मत पार्टीभन्दा पनि फरक हुन्छ ।

–पाहुनालाई अहिले स्वागत गरिरहेका छौं, ४ गतेपछि हामी उहाँलाई बिदा गर्दैछौँ ।

–नवलपुरलाई उहाँले सिंगापुर बनाउनुभयो ? त्यहाँ लड्न हिम्मत राख्नुभएन ।

–उहाँको राजनीतिक पृष्ठभूमि छैन । टिकट उहाँको लागि सुरक्षित थियो ।

–विश्वको धनाढ्य सूचीमा रहेका व्यक्तिसँग म प्रतिष्पर्धामा उत्रिएको छु । उहाँ बढी कर तिर्ने व्यक्तिमा पर्नुहुन्न । 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro