site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
अब कार्यकारी पदका लागि मैले हस्तक्षेप गर्नैपर्छ 

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल अहिले तनहुँ क्षेत्र नम्बर १ बाट उमेदवार छन् । मंसिर ४ गते हुन लागेको निर्वाचनमा उनी गठबन्धनका तर्फबाट उमेदवार छन् ।

२०४८ सालमा उनी सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । त्यसपछि तनहुँकै अर्को क्षेत्रमा लगातार प्रतिष्पर्धा गर्दै आएका पौडेल अहिले फेरि क्षेत्र नम्बर १ बाटै प्रतिष्पर्धामा छन् ।

शुक्रबार दिउँसो तनहुँस्थित आफ्नो निवासमा कुरा गर्दै पौडेलले जित सुनिश्चित भएको बताउँदै अब कार्यकारी पदमै हस्तक्षेप गर्ने बताए ।

प्रधानमन्त्रीका लागि आगामी संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने उनको धारणा थियो ।

बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानसँगको भिडियो संवादमा नेता पौडेलले यस्तो बताएका हुन् ।

प्रस्तुत छ– नेता पौडेलले कुराकानीका क्रममा राखेका धारणाका सम्पादित अंश :

 

–अहिलेसम्म चुनाव प्रचार सन्तोषजनक नै चलिरहेको छ ।

–०४८ सालमा यही क्षेत्रबाट विजयी भएको हुँ । त्यसपछि २ नम्बर क्षेत्रमा गएको हुँ । अहिले आएको हुँ । 

–म पछिका साथीहरुले यहाँको वातावरण केही बिगारेका रहेछन् । जनतासँग अहिले सम्पर्कमै छु ।

–जनताको माग अहिले पनि विकास हो । सडक त बन्यो, कालोपत्रे बनेको छैन ।

–२०४८ सालमा भारी बोकेर चुनाव प्रचारमा हिँडेको अहिले कहीँ पनि हिँड्नुपर्दैन तर कालोपत्रे छैन । त्यो पनि अब गर्छु ।

 

–तनहुँको हकमा जनता नै असन्तुष्ट छैनन् । तर यहाँ पनि नेगेटिभ प्रचार गरिएको छ । एकतर्फी प्रचारले मान्छेलाई दिग्भ्रमित बनाउँदोरहेछ ।

–विकास हुँदै नभएको होइन तर भनेजति नभएको चाहिँ हो ।

 

–राजनीति र विकासलाई मैले लिएरै हिँडेको मान्छे हुँ । मैले पहिलेदेखि नै विकासको एजेन्डालाई लिएर हिँडेको हुँ । मुलुकले किन उन्नति गर्न सकेन भन्ने मलाई फिलिङ भएको छ । अनुभव यही रहेछ । 

 

–यो देशमा पहिलो कुरा सुशासनको आवश्यकता छ । अर्को सुशासनसँगै नेपालको वास्तविकतामा आधारित विकासको मोडेल हो ।

 

–विकास कसरी गर्ने भन्ने भिजनको आवश्यकता छ । 

 

–यो देशको भलाइका लागि मैले कार्यकारीमा हस्तक्षेप गर्नुपर्छ ।

 

–संसदीय दलको नेताका लागि प्रयास गर्छु र प्रतिष्पर्धा पनि गर्छु । 

 

–सभापति अहिलेसम्म पाँचपल्ट प्रधानमन्त्री हुनुभयो । अब उहाँले लोभ गर्नुहुँदैन । त्यसकारणले पनि यसपालि मेरो पालो हो ।

 

–अब देशको नेतृत्व गरेर मलाई टेष्ट हुनुछ ।

 

–संसद् सहज हुँदाहुँदै ओलीले विघटन गरे । विघटन किन गरेको त्यो पनि दुईपल्टसम्म ?

 

–विघटनअघिको रवैयाले पनि समस्या भयो । गठबन्धन आजको आवश्यकता हो ।

 

–परिवर्तनको रक्षा र संविधान जोगाउन पनि गठबन्धन आवश्यक छ ।

 

–बाह्रबुँदेपछि कांग्रेस र माओवादी नजिक भएका हुन् । त्यहीँबाट नै दिगो शान्तिको सुरु भएको हो ।

 

–हामी दुई पार्टी मिलेर नै संविधान बनाएका हौँ । 

 

–गाउँ बसौँ बसौँ बनाउनैपर्छ । विकास गाउँ पुग्यो तर जनता तल झर्दैछन् । यो समस्याको विषय हो ।

 

–गाउँमा आम्दानी र रोजगारी पुर्‍याउने मेरो मिसन पूरा भएको छैन ।

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro