site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कात्तिक नाच : हिरण्यकश्यु वध मञ्चन 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुरको मंगलबजारस्थित ‘कात्तिक डबली’मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौँ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ । 

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राति उक्त नाँच प्रदर्शन गरिएको हो । नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिएको थियो । नाचमा नृसिंह भएर राजोपाध्याय समुदायको कलाकारले खेल्ने गर्दछन् भनेर हिरयण्कशिपु भएर चित्रकार समुदायको कलाकारले खेल्ने चलन छ । 

यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकाले नाचमा खेल्ने कलाकारहरुले  भोकै बस्नु पर्नेलगायत नियम पालना गर्नु पर्ने संस्कृतिविद्हरुको भनाइ छ । तान्त्रिक नाच भएकाले यसरात मंगलबजारमा नाच हेर्न आउने दर्शकको भीड हुने गर्दछ । यसअघि शनिबार राति बराह अवतार हिरण्याक्ष वध नाच देखाइएको थियो भने कात्तिक २२ गते मंगलबार राति दघि लिला नाँच प्रस्तुत गरी यस वर्षको कात्तिक नाच समापन हुने कातिक नाच संरक्षण समितिले जनाएको छ । नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu