site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा सुकुम्बासी : पहिलो चरणमा तिलगंगा–सिनामंगलका घरधुरी सारिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा तिलगंगादेखि सिनामंगल क्षेत्रका घरधुरी सार्ने तयारी गरेको छ । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार तिलगंगा–सिनामंगल वाग्मती सौन्दर्यीकरण क्षेत्र भएकाले पहिलो चरणमा हटाउने तयारी गरिएको छ ।

विभिन्न सरोकारवाला निकायको समन्वयमा तिलगंगादेखि सिनामंगलसम्मका सुकुम्बासीलाई सार्नेबारे पत्र काटेको अर्यालले बताए ।

“पहिलो चरणमा तिलगंगादेखि सिनामंगलसम्मका सुकुम्बासीलाई सार्ने तयारीमा छौँ । यसका लागि पत्र काटिसकेका छौँ । यो क्षेत्रमा ७ घरधुरी रहेको पाइयो । यिनीहरूको स्थायी व्यवस्थापन नभएसम्म इचंगुनारायणमा सार्ने तयारी छ,” अर्यालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले विभिन्न समयमा क्षतिपूर्तिसहित काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती सारेको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकै पालामा सुकुम्बासीको व्यवस्थापनकै लागि सहरी विकास मन्त्रालय मातहत इचंगुनारायणमा तीन वटा भवन निर्माण भएका थिए । 

तीनवटा ठुला भवन गरी करिब २०० कोठा खाली रहेको समितिले जनाएको छ । सरोकारवाला निकायसँगको समन्वयमा सो ठाउँमा अन्य ठाउँका सुकुम्बासीलाई व्यवस्थापन गर्न सकिने वा नसकिनेबारे टुंगो नलागेको अर्यालले बताए ।

Global Ime bank

“०६१ सालमै सुकुम्बासी व्यवस्थापनका लागि ती भवन बनेका हुन् । अहिले त्यहाँ सुकुम्बासीको व्यवस्थापन गर्न सकिने वा नसकिने भन्नेबारे छलफल गरिरहेका छौँ,” उनले भने । 

हाल भवनमा आश्रम सञ्चालन गरिएको छ । उपत्यकाका सुकुम्बासीबारे अध्ययन गर्न विभिन्न निकायसँगको समन्वयमा सरकारी कार्यदलसमेत बनेको छ । अध्ययन समितिले लामो समय लगाएर अध्ययन प्रतिवेदन समेत तयार पारेको सूचना अधिकारी अर्यालले बताए ।

जसअन्तर्गत कार्यदलले काठमाडौं, भक्तपुर र ललितपुरका २० वडा गरी २७ स्थानमा सुकुम्बासी बस्ती रहेको खुलाएको छ । समितिले २०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा कार्यदल गठन गरी अध्ययन अघि बढाएको थियो । 

अध्ययन कार्यदलमा सहरी विकास मन्त्रालयका उपसचिव, संयुक्त राष्ट्रिय सुकुम्बासी मोचाका पदाधिकारी, समितिका सूचना अधिकारी अर्याल, सुकुम्बासी बस्ती रहेका सम्बन्धित वडाका वडाध्यक्ष लगाायतलाई समावेश गरिएको थियो ।

अबका दिनहरूमा वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापन र अन्यलाई हटाउने योजना समितिको छ । लामो समयदेखि उपत्यकाका खोला किनाराको जमिन अतिक्रमण गरी सुकुम्बासी र गैरसुकुम्बासी बस्दै आएका छन् । 

उपत्यका खोला किनाराको सौन्दर्यता कायम गर्ने जिम्मा पाएको समितिले अनेक प्रयास गर्दा पनि हटाउन भने सकेको छैन् । 

एक महिना पहिले समितिको समन्वयमा काठमाडौं महानगरपालिकाको नगरप्रहरी बलले थापाथली क्षेत्रका अवैध संरचनामा डोजर चलाउँदा सुकुम्बासीको नाममा खोला अतिक्रमण गरी घर–टहरा भाडामा लगाएको समेत पाइएको थियो । 

सार्वजनिक प्रयोजनको लागि बनाइएको रुद्रेश्वर भजन मण्डलसमेत समितिसँगको सहकार्यमा डोजर चलाइएको थियो । अर्यालका अनुसार वास्तविक सुकुम्बासी पहिचानबारे पनि अध्ययन जारी रहेको बताए । कार्यदलको प्रारम्भिक तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लाका विभिन्न २० वडाका २७ स्थानमा सुकुम्बासी बस्ती रहेको खुलेको छ ।

यस्तै, २७ ठाउँमा तीन हजार ४९६ घरधुरीसमेत रहेको कार्यदलको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

पहिले आफूहरूलाई तथ्यांक संकलन गर्न मुस्किल भएको भन्दै हाल यो अध्ययन प्रतिवेदनले सहजीकरण गरेको अर्यालले बताए । “सुकुम्बासीलाई व्यवस्थापन र हटाउनेबारे हाम्रो गृहकार्य जारी छ । संकलित तथ्यांक सम्बन्धित वडाका वडाध्यक्षहरूलाई पठाइएको छ । अब वडा–वडाले भेरिफाई गरेर विवरण समितिलाई पठाउनेछन्,” उनले भने, “त्यसपछि व्यवस्थापन र हटाउने काम हुन्छ ।”  

वास्तविक सुकुम्बासी पहिचानका क्रममा गैरसुकुम्बासी हट्ने हुँदा सुकुम्बासीको संख्या अझै घट्न सक्ने समितिले जनाएको छ । उपत्यकाका खोला किनारामा सुकुम्बासी बस्तीसँगै किरियापुत्री भवन, सालिक, मन्दिर, भजन मण्डली, ध्यानकेन्द्र लगायतका संरचना बनाइएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement