site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । चिकित्सकको लापर्बाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ । 

काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

मृतककी श्रीमती सुशिला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च बेहोर्नुपर्ने माग गरेका छन् । 

अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । 

Global Ime bank

उनले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताए । उनले आज पनि अस्पतालले पीडितका मागहरू सम्बोधन नगरेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिए । 

मृतकका परिवारले डा. अमृत थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापर्बाही गरेर बिरामीको मृत्यु भएको बताए ।

-न्यूज एजेन्सी नेपाल

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय