site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन दलका फरक घोषणापत्रबारे प्रश्न उठाइँदै छ : शेखर कोइराला

नेपाली कांग्रेसको एउटा खेमाको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला आसन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा छन् । चुनावी प्रचारप्रसारका क्रममा रहेका उनले बिहीबार गृहनगर विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गरे । प्रस्तुत छ, नेता कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेसमा देखिएको विवाद अहिले कुन अवस्थामा छ ?
मैले शेरबहादुर देउवा र म नै मिलिसकेपछि तल विवाद किन गर्नुहुन्छ भन्दा पनि तल छिटपुट केही समस्या छन् । पूरै समाधान भयो भनेर म भन्दिनँ । हामी सबै एक ठाउँमा छँदा पनि किन बोलेको भन्छन् ।

कांग्रेसले ९१ क्षेत्रमा उमेदवार उठाएको छ, माहोल कस्तो छ ? 
अहिल्यै भन्न सकिँदैन । कसैले पनि भन्न सक्दैन होला । २०–२२ गते पछाडिको चुनावी अवस्थाले मात्रै केही आकलन गर्न सकिएला । देशभरि दुई कुरा देखिएको छ । कांग्रेसभित्रको आन्तरिक तुस विस्तारै कम भइरहेको छ । अर्को कुरा, गठबन्धन साथीहरूसित कसरी साथै अघि बढेर जित्ने भन्ने छ । जहाँ कांग्रेस उठेको छैन, ती ठाउँमा के कस्तो होला भन्ने छ । बाँकी नउठेका निर्वाचन क्षेत्रमा के कसरी अघि जाने भन्ने छ ।

स्थानीय तह निर्वाचनमा आएको मतलाई आधार मानेर दलको उपस्थितिबारे विभिन्न अड्कलबाजी भइरहेका छन्, के भन्नुहुन्छ ?
स्थानीय तह निर्वाचनको मतलाई मात्र आधार मान्न सक्ने अवस्था छैन । स्थानीय तहको चुनाव फरक विषय भयो । धेरै वडाहरूको मत जोड्दा भनिएको होला । स्थानीय रूपमा लोकप्रिय उमेदवारलाई धेरै मत आएको छ । उमेदवार वडासँग सम्बन्धित हुन्छन् । कस्तो मान्छे उठेका छन्, त्यसले फरक पर्ने कुरा हो । व्यक्तिसित वडाका उमेदवार टाँसिएका हुन्छन् । जनतासँगै काम गरेका हुन्छन् । हरेक दिन जोडिएका मानिस उठेका कारण कसैले प्राप्त गरेको मत धेरैथोर भएको हुनसक्छ ।

गठबन्धन दलहरूका फरक–फरक घोषणापत्र छन्, सबै एकै ठाउँ रहेर मत माग्न जाँदा फरक पर्दैन ?
हो, गठबन्धनमै रहेका दलहरूले पनि आ–आफ्नो घोषणापत्र लिएर आएका छन् । फरक–फरक नीतिहरू छन् । जस्तो : नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष राष्ट्रपति भनेको छ । मत माग्न जाँदा हामीलाई जनताले यस्ता विषयमा प्रश्न गरिरहेका छन् । दलहरूको अलग–अलग घोषणापत्रबारे चुनावी कार्यक्रमहरूमा पनि प्रशस्तै प्रश्न उठ्ने गरेका छन् । तर, हामी गठबन्धनमा छौँ । एउटा उद्देश्यको लागि छौँ भनेर बुझाउने काम गरेका छौँ ।

यसले चुनावी अभियानमा असर गर्दैन ?
अलि–अलि पार्दो होला, त्यस्तो धेरै फरक नपर्ला । हामीले पनि मतदातालाई गठबन्धनको महत्त्वको विषयमा बुझाउने प्रयास गरिरहेका छौँ ।

गठबन्धन दलका उमेदवार मिलेरै चुनावी अभियानमा लाग्नुभएको छ ? 
हामी सबै उमेदवार सँगै हिँडिरहेका छौँ । संयुक्त कार्यक्रमहरू भइरहेका छन् । सँगसँगै उमेदवारले चुनावी अभियान सञ्चालन गरिरहेका छौँ । कतिपय ठाउँमा कठिनाइ भए पनि हामीले सञ्चालन गरिरहेका छौँ ।

सबै उमेदवार सँगै हिँड्दा प्रदेशको एजेन्डा छायामा पर्‍यो भन्ने सुनिन्छ नि ?
प्रदेशका उमेदवारहरूसँगै चुनावी अभियान सञ्चालन भइरहेको छ । प्रदेशको खासमा यो एजेन्डा हो भन्ने बुझाउन जरुरी छ । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि घोषणापत्र बनाएको छ । तर, प्रदेशको घोषणापत्र आउन ढिलाइ भएको छ । प्रदेशसभाका उमेदवारहरूले पनि आफ्नो विषय उठाउनुपर्छ ।

खासमा प्रदेशको एजेन्डा प्रहरी प्रशासन, प्रमुख जिल्ला अधिकारी अनि स्थानीय तहका सचिवहरू प्रदेश मातहत हुनुपर्छ भन्ने हो । यो विषय उमेदवारले उठाउनुपर्छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अलग–अलग ढंगले गर्नुपर्छ । प्रदेश र संघीय सरकारले समन्वय गरेर गर्नुपर्ने धेरै कामहरू छन् । ओली र देउवा सरकारको पालामा पनि प्रदेशसँग समन्वय हुन नसकेको मेरो महसुस छ । प्रदेशका बारेमा जनस्तरमा नकारात्मक धारणा बन्न दिनु हुँदैन । यो काम अहिले पनि भइरहेको छ भन्ने मेरो बुझाइ छ ।

निर्वाचनपछि कस्तो सरकार बन्ला ? तपाईंलाई पनि प्रधानमन्त्रीको दाबेदार मानिन्छ, के भन्नुहुन्छ ?
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ । गठबन्धनको सरकार नै बन्ने हो । मैले अहिलेसम्म दाबी गरेको छैन । अरू पार्टीका साथीहरूको दाबी रहेको पनि सुन्नमा आएको छ । दाबी नै गर्न नपाउने भन्ने हुँदैन ।

बागी उमेदवार पनि छन् नि !
पार्टीभित्र सानातिना समस्या छन् । तर, चुनाव नजिकिँदै जाँदा क्रमशः कम हुँदै पनि जानेछन् । मैले देशभरि बागीलाई फिर्ता लिन लगाएको छु । १६ भन्दा धेरै ठाउँमा फिर्ता पनि भयो । तर, मोरङमै फिर्ता हुन मानेका छैनन् । अझै समय छ । कतिय ठाउँमा पार्टीका उमेदवारलाई सघाउन लगाउने प्रयासहरू पनि जारी नै रहनेछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro