site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरलता अभाव : रोकिन थाले उद्योगीका प्रोजेक्ट, लागत बढ्यो समय पनि धकेलियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यावसायिक घराना ज्योति ग्रुपले हिमाल स्टिलको बिलेट बनाउने तथा हिरोको मोटरसाइकल र स्कुटर नेपालमा एसेम्बल गर्ने तयारी थालेको छ । तर तरलता अभावले ज्योति ग्रुपको उक्त प्रोजेक्ट पछाडि धकेलिने भएको छ । 

सरकारले गतवर्ष अध्यादेशमार्फत् बिलेट उत्पादन तथा अटोमोबाइल्समा एसेम्बल गर्ने नीति लिएपछि ज्योति ग्रुपले एक अर्बभन्दा बढी लगानी गर्न लागेको थियो । 

ज्योति ग्रुपको हिमाल स्टिल नेपालको पुरानो फलामे छड तथा डण्डी उत्पादक कम्पनी हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्रुप भारतीय ब्रान्ड हिरो मोटरसाइकल र स्कुटरको बिक्रेता हो । ग्रुपका अध्यक्ष डा. रुप ज्योतिले बैंकमा भएको तरलता अभावले बिलेटको उत्पादन र एसेम्बल उद्योग लगाउने काममा ढिलाइ भएको बताए । 

“बिलेट उत्पादन र एसेम्बल उद्योगको लागि आयात गर्नुपर्ने वस्तुको एलसी नखुल्ने स्थितिमा पुगेको छ,” ज्योतिले भने,“लगानी गर्न खोजेर रोजगारी बढाउनसमेत नपाउने स्थिति तरलता अभावको कारण आयो ।” 

Global Ime bank

बैंक तथा वित्तीय संस्था अहिले उद्योगी व्यवसायीले माग गरेअनुसारको कर्जा दिन नसक्ने स्थितिमा छन् । कर्जा पाए पनि ब्याजदर बढ्दा लागत निकै बढेको छ । 

बैंकमा भएको तरलता अभाव र ब्याजदर बृद्धिको कारण लगानीको योजनालाई पछाडि धकेल्नेमा ज्योति उदाहरणमात्र हुन् । 

अहिले देशभरका धेरै व्यवसायीले लगानीको योजनालाई पछाडि सारेका छन् ।  कति व्यवसायीको योजना उद्योग खोल्ने छ कतिको भएको उद्योगको क्षमता विस्तार गर्ने छ । 

आफ्नो पुँजी लगानी गरे पनि उद्योग र व्यवसाय चलाउनको लागि ऋण लिनुपर्ने बाध्यता हो ।  उद्योगको तथा व्यवसायको लागि कतिपय वस्तु आयात गर्नुपर्छ । 

बैंकले एलसी खोलेर चाहिने वस्तुको आयात गर्न दिने स्थिति छैन । आयात भए पनि लागत बढेको कारण प्रतिफल नआउने हुँदा लगानीको योजना पछाडि सार्नुपर्ने देखिएको हो । 

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावले लगानी गर्ने योजना बनाएका व्यवसायीले परियोजनालाई पछाडि धकेल्न थालेका छन् । 

नाम चलेका एक सिमेन्ट उद्योगीले जग्गा लिएरसमेत सिमेन्ट उद्योगको प्लान्ट लगाउने योजना स्थगित गरेका छन् । 

“आन्तरिक स्रोतबाट जग्गा किनेपछि बैंकले मागअनुसार ऋण दिन नसकेपछि उद्योग खोल्ने योजना पछाडि सरेको छ,” ती व्यवसायीले भने, “यस्तो अवस्थामा लगानी गरेर परियोजना अगाडि बढाउन सक्ने स्थिति देखिएन ।”

सरकार र राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा नियन्त्रण गर्ने नीति लिए पनि तरलता अभावको प्रभाव उत्पादनमुलक क्षेत्रमा नै पर्न थालेको हो । 

बैंकले ऋण दिन नसकेपछि धेरै उद्योगीको लगानी योजना पछाडि सारेको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ बताउँछन् ।

व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठको सिद्धिलक्ष्मी स्टिलले लगाउन खोजेको बिलेट उत्पादनको योजनालाई तरलता अभावले प्रभाव पारेको छ ।

दाल चामलसहित उद्योग लगाउने योजना समेत लक्ष्मी ग्रुपले केही समय स्थगित गरेको छ । उद्योगको लागि चाहिने जग्गा खरिदको प्रक्रिया सकाए पनि उद्योग लगाउने कामलाई ग्रुपले अहिलेलाई स्थगित गरेको हो । 

“धेरै उद्योगीको परियोजना बैंकमा देखिएको पैसा अभाव र ब्याजदरमा भएको बृद्धिले पछाडि धकेलिएको छ,” महासंघ उपाध्यक्ष श्रेष्ठले भने, “अहिले परियोजना नरोक्ने व्यवसायी को छैन भनेर खोज्नुपर्ने स्थिति छ ।” 

तरलता अभाव तथा मूल्यबृद्धिको कारण उद्योगी तथा व्यवसायीले ल्याउन लागेका होटल, जलविद्युत्लगायत क्षेत्रको लागत बढनुको साथै कतिपय परियोजना अनिश्चित बनेका छन् ।

बैंकहरुले ऋण दिने सम्झौता गरे पनि त्योअनुसारको रकम दिन सकेका छैनन् । यसको सबैभन्दा बढी मार जलविद्युत् क्षेत्रलाई परेको छ ।
 
नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल ब्याजदर बढेको तथा व्यापार घटेको कारण लगानीका परियोजना रोकिएको बताउँछन् । 

“ब्याजदरको लागत ५० प्रतिशतसम्म बढेको छ,” अग्रवालले भने, “लागत बढेको बेला व्यापार नहुने भए पनि नयाँ परियोजना लगानी गर्न सक्ने स्थिति छैन ।”

उद्योगी व्यवसायीहरु अहिले थप ऋण लिने मनस्थितिमा समेत छैनन् । ब्याजदरको कारण अहिले ऋण लिन नसक्ने अवस्था रहेको उनीहरुको धारणा रहेको छ ।

बैंकहरुसमेत थप ऋण दिने पक्षमा छैनन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा ६.८९ प्रतिशत थियो । २०७९ भदौमा १०.०१ प्रतिशत कर्जाको न्यूनतम आधारदर पुगेको छ । 

२०७९ भदौमा वाणिज्य बंैकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष २०७८ सालको भदौ महिनामा निक्षेपको औसत ब्याजदर ४.९२ प्रतिशत तथा कर्जाको न्यूनतम ब्याजदर ८.५७ प्रतिशत थियो । 

राष्ट्र बैंकको तथ्यांकले अघिल्लो वर्षको तुलनामा औसतमा ४० प्रतिशत ब्याजदरको लागत बढेको देखाएको छ । 

४० प्रतिशत आम्दानी नबढे पनि ऋण लिने व्यवसाय गरेर परियोजना ल्याउनेको लागत ४० प्रतिशतले बढेको छ । 

उद्योगी ज्योति राष्ट्र बैंकको नीति अर्थतन्त्रलाई जोगाउने नभएको बताउँछन् । 

“नयाँ उद्योग खोल्ने र नयाँ व्यवसाय लगाउने भन्ने हुँदैन,” ज्योतिले भने, “यस्तो अवस्था कायम रहेमा उद्योग तथा व्यवसाय धरासायी हुने अवस्था आउने छ ।”

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र दुर्घटनामा जान सक्ने स्थिति देखिएको बताउँछन् । भएको व्यवसाय नै चलाउन मुस्किल भएको समयमा नयाँ उद्योग ल्याउन निकै कठिनाई हुने टिप्पणी गोल्छाको छ । 

“कार्तिक एक देखि लागु भएको चालु पूँजी कर्जा मार्गदर्शन तत्काल स्थगन गरिनुपर्छ । ब्याजदर नियन्त्रण भएन र चालु पुँजी  कर्जा मार्गदर्शन स्थगित भएन भने उद्यम व्यवसाय चल्न सक्दैन,” गोल्छाले भने, “अहिले देखिएको समस्या समाधान नभएमा अर्थतन्त्रमै दुर्घटना निम्त्याउन सक्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !