देश
सुर्खेत । सुर्खेतमा पिकनिक गएका दुई युवक बेपत्ता भएका छन् । तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट पिकनिक गएका उनीहरू नदीमा पौडी खेल्दै गर्दा बेपत्ता भएका प्रहरीले जनाएको छ ।
शनिबार भेरीगंगा नगरपालिका–२, सत्तरीनजिकै पिकनिक गएका दुई युवक भेरी नदीमा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो साढे १ बजे पिकनिककै क्रममा पौडी खेल्न गएका वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९ १९:४१
प्रतिक्रिया दिनुहोस्