site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा छठको रौनक (तस्बिरहरू)
तस्बिरहरू : कुमार लुइँटेल/बाह्रखरी ।
Siddhartha BankSiddhartha Bank

विराटनगर । विराटनगरमा यति बेला छठ पर्वको हर्षोल्लास छ । तराई–मधेसमा छठलाई विशेष महत्त्वसाथ मनाउने गरिन्छ । चार दिनसम्म श्रद्धापूर्वक मनाइने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ हो ।

प्रदेश नम्बर–१ को राजधानी विराटनगरमा छठको मुख्य दिनका लागि भव्य तयारी गरिएको छ । सिंघिया खोला, केसलिया खोला र सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घाट तयार गरिएको छ ।

छठ पूजा समारोह समितिले विराटनगरका खोलानालामा सफाइ गरी घाट सजाउँदै छ । विराटनगर महानगरपालिका–१२, पिचर स्थित नहरमा छठघाट निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

Agni Group
NIC Asia

विराटनगरको मुख्य बजार र गुदरीमा पूजा सामग्री किनमेल गर्नेको समेत घुइँचो देखिएको छ ।

छठको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

Global Ime bank

थप तस्बिर हेर्नोस्–

Chat Biratnagar (12)1667043597.jpg

Chat Biratnagar (10)1667043595.jpg

Chat Biratnagar (11)1667043595.jpg

Chat Biratnagar (8)1667043594.jpg

Chat Biratnagar (9)1667043594.jpg

Chat Biratnagar (6)1667043592.jpg

Chat Biratnagar (7)1667043592.jpg

Chat Biratnagar (3)1667043591.jpg

Chat Biratnagar (5)1667043591.jpg

Chat Biratnagar (2)1667043589.jpg

Chat Biratnagar (1)1667043589.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu