site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भेटियो कुहिएको मासुदेखि किरा परेको चामल, कहिले खटिन्छन् ‘फुड टेक्निसियन’ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको विभिन्न ठाउँमाा कुहिएको मासुदेखि किरा परेको चामलसम्म बिक्री हुने गरेको पाइएको छ । काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपमेयर सुनिता डंगोल नेतृत्वको टोलीले गरेको तिहारलक्षित अनुगमनका क्रममा खाद्य पसलमा म्याद सकिएका, ओसिएका, किरा परेका चामल, कुहिएको मासु, चिउरा लगायतका खाद्यन्न बिक्री भएको पाइएको हो । 

शनिबार अनुगमनका क्रममा जिउँदा कुखुराको खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी गरेको अवस्थामा फेला पर्यो । त्यसको केही दिनअघि समितिको अनुगमनका क्रममा कालीमाटी क्षेत्रका खाद्यन्न पसलहरुमा म्याद सकिएर किरा परेको चामल र चिउरा बरामद गरिएको थियो । 

गत बुधबार संगम स्विट्सको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल कपडा चम्काउन प्रयोग गरिने हाइड्रो एवान भएको खुलेको थियो । त्यसपछि समितिले पसलले न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै संगम स्विट्स सिल गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खानेकुरामा साङ्ला र किरा परेको अवस्थासमेत देखिएको छ । पसलहरु अत्यधिक दुर्गन्धित भएको भन्दै २४ घण्टाभित्र सरसफाइ गरेको पत्र कार्यालयमा पेश गर्न निर्देशन दिइएको थियो । समितिले साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी बिक्री केन्द्रबाट अखण्ड ब्रान्डका ६ बोरा चामल, २ बोरा चामल र १७ प्याकेट मकैको च्याँख्ला बिक्री गर्न रोक लगाएको छ । 

त्यस्तै, अनुगमन टोलीले डी एन्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरा/प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा चामल र एप्पल ब्रान्डका १० बोरा चामल बिक्री वितरण गर्न रोक लगाएको छ । विभिन्न समयमा  समितिले गुणस्तरहीन खाद्यबस्तु बरामद गरेको छ । सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुडमा भेटिएको अखाद्य २ लिटर तेल, २५० एमएलका ५ बोतल एप्पल साइडर भेनेगर नष्ट गरिएको थियो । 

Global Ime bank

पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउन्ड नजिक रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राई चिकेनको भान्छामा प्रयोग भइरहेको १४ लिटर तेल र यही तेलमा फ्राई गरिएको एक किलो कुखुराको मासुसमेत खान योग्य देखिएन । त्यसपछि टोलीले सो मासु र तेल नष्ट गरेको छ । 

खाद्यबस्तु आँखाले स्पष्ट देखिने गरी सडे गलेको हुनाले नष्ट गरिएको अभिलेख टिप्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंका खाद्य निरीक्षक नवराज आचार्यले बताए । उनले साल्ट टे«डिङ, केएफसी फास्टफुड र द बर्गर हाउसलाई ७ दिनभित्र खाद्य गुणस्तरमा सुधार ल्याएको पत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको बताए । 

अस्वस्थ्यकर मासु तथा मासुजन्य खाद्यबस्तु उत्पादन गर्नेहरुको साझा समस्या रहेको महानगरले जनाएको छ । मासु खुला रुपमा प्रदर्शनमा राख्नु, सरसफाइमा ध्यान दिन नसक्नु, डी फ्रिजको राम्ररी उपयोग नहुनु, फ्रिजमा लामो समयसम्म सामान भण्डार गरेर राख्नु, खसी तथा कुखुरा बधस्थल र उनीहरुलाई राख्ने ठाउँ एउटै हुनु, व्यापारीले स्वास्थ्य मापदण्ड पालना नगर्नुजस्ता समस्याहरु देखिएको आचार्यले बताए । 

कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी भइरहेको बेला तत्काल मासु बिक्रीमा रोक लगाएको पनि आचार्यले बताए ।   

मासु परीक्षणका लागि महानगरले पशु सेवा विभागलाई पत्राचार गरेपछि मात्रै मासुको स्वच्छता पत्ता लगाएर मात्रै कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सबै वडामा फुड टेक्निसियन राख्ने प्रस्ताव अघि सारे पनि प्रक्रिया अघि बढ्न सकेको छैन । 

चाडपर्वबाहेक अन्य समयमा यस्तो अनुगमन नहुँदा आम सर्वसाधारणले अस्वस्थ खाद्यबस्तु प्रयोग गर्नुपरेको छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पर्वलक्षित अनुगमनलाई अन्य समयमा निरन्तरता दिन सके प्रभावकारी बन्ने बताउँछन् । 

स्थानीय बस्तु तथा सेवा र स्वच्छ बजारका लागि ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ऐनबमोजिम महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट गुणस्तरहीन व्यापारिक क्रियाकलाप रोक्न सक्नेछ । 

महानगरपालिकाको बजारमा हुनसक्ने गुणस्तरहीन खाद्यबस्तु बिक्री वितरणमा निरन्तर निगरानी राखिएको प्रवक्ता मानन्धरले बताए । काठमाडौंको बजारमा बिक्री वितरण हुने अधिकांश तरकारी तथा फलफूल कालीमाटीबाट आउँछ । सो क्षेत्रमा दैनिक ५०० मेट्रिक टन बराबर तरकारी तथा फलफूल बिक्री वितरण हुने गरेको अनुगमन टोलीले जनाएको छ ।
  
कालीमाटी बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल रहेका छन् । बजारमा गुणस्तरहीन खाद्य बस्तुसँगै नापतौलमा पनि धेरै समस्या देखिएको महानगरले जनाएको छ । 

यसअघि, महानगर कार्यपालिकाको बैठकले महानगरका सबै वडामा फुड टेक्निसियन राख्ने राख्नेगरी निर्णय गरेको थियो । खाद्य स्वच्छता कायम गर्न गरिएको यस्तो निर्णय अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको भने छैन । 

महानगरका मेयर बालेनले फुड टेक्नोलोजी पढेका, जसले विभिन्न रेष्टुरेन्टहरुको खानेकुरा कस्तो छ ? मासु पसलहरुले कस्तो मासु बेचिरहेका छन् ? तरकारी पसलका सागसब्जी विषादीमुक्त छ कि छैन भनी गुणस्तर जाँच गर्ने काम ‘फुड टेक्निसियन’ले गर्ने बताएका थिए । 

महानगरका प्रवक्ता मानन्धर तिहारलक्षित अनुगमन जसरी नै अरु समयमा पनि प्रभावकारी अनुगमन गर्ने तयारी भइरहेको बताउँछन् । 

“अहिले त चाडपर्व नै चलिरहेको छ । यो समयमा अत्यधिक गुणस्तरहीन खाद्यबस्तु फेला पारिएको छ । यस्तो खाद्यबस्तु बिक्री वितरण गर्ने पसलेहरुलाई कारबाही गरिरहेका छौँ,” प्रवक्ता मानन्धरले भने, “अब चाडपर्वबाहेक अरु समयमा पनि अनुगमन गर्ने तयारीमा छौँ । महानगरले खटाएका फुड टेक्निसियन अधिकृत तह सरह हुनेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement