site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी २० विश्वकपमा सोमबार दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द भएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको खेल ९ ओभरमा घटाइएको थियो । तर, जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले तीन ओभरमा ५१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन् ।

होबर्टस्थित बेल्लेरिभ ओभलमा जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको खेल रद्द हुनुअघि दक्षिण अफ्रिकाले तीन ओभरमा कुनै पनि विकेट नगुमाई ५१ रन बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले १८ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बनाए । अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले दुई रन बनाएका थिए । तर, वर्षाका कारण खेल सम्भव नभएपछि जित नजिक रहे पनि दक्षिण अफ्रिका अंक बाढ्न बाध्य बन्यो ।

सुपर–१२ को समूह–२ मा रहेको दुवै टिमको यो पहिलो खेल हो ।

Global Ime bank

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वेले निर्धारित ९ ओभरमा पाँच विकेट गुमाएर ७९ रनको लक्ष्य खडा गरेको थियो ।

जिम्बाब्वेका वेस्ली मधेभेरले ३५ रन बनाए । मुल्टोन सुम्बाले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

दक्षिण अफ्रिकाका लुङ्गी एङगिडीले दुई विकेट लिएका थिए । वाइन पर्नेल र  एन्रीक नोट्जेले एक-एक विकेट लिए ।

यसअघि आजै भएको समूह–२ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले पराजित गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय