site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लखनउविरुद्ध दिल्ली १९ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सविरुद्ध १९ रनको जित निकालेको छ । मंगलबार दिल्लीमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १८९ रनमात्र बनाउन सक्यो ।

लखनउका निकोलस पुरनले २७ बलमा ६ चौका र चार छक्कासहित ६१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । अर्शद खानले ३३ बलमा तीन चौका र पाँच छक्कासहित ५८ रन बनाए । युद्धविर सिंहले १४ र क्विन्टन डी ककले १२ रन थपे ।

दिल्लीका इशान्त शर्माले तीन विकेट लिए । खलिल अहमेद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टान स्टुब्सले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०८ रनको योगफल खडा गरेको थियो । दिल्लीका अभिषेक पोरेलले ५८ रन बनाए । ट्रिस्टान स्टुब्सले ५७, साई होपले ३८, कप्तान ऋषब पन्तले ३३ र अक्षर पटेलले १४ रन थपे ।

लखनउका नविन उल हकले दुई विकेट लिए । अर्शद खान र रवि बिस्नोईको नाममा एक–एक विकेट रह्यो ।

जितसँगै १४ खेलबाट १४ अंक जोडेको दिल्ली तालिकाको पाँचौँ स्थानमा छ । प्रतियोगितामा लिग चरणको आफ्नो अन्तिम खेल खेलेको दिल्लीको अब प्लेअफ पुग्ने गणितीय सम्भावनामात्र बाँकी छ । यता, १३ खेलबाट १२ अंक जोडेको लखनउ तालिकाको सातौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro