site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पिस कोरका उपनिर्देशक नेपालमा 
SkywellSkywell

काठमाडौं । पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । 

आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमलाई उनीहरूले गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

KFC Island Ad
NIC Asia

उनले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे समेत छलफल गर्ने अमेरिकी दूतावासद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । 

उपनिर्देशक ह्वाइट भर्खरै आइपुगेका १० जना पिस कोर रेस्पोन्स भोलेन्टियरहरूको शपथ ग्रहण समारोहमा पनि सहभागी हुनेछन् । नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो पहिलो समूह हो । भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नेछन् । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रका परियोजनाहरूमा काम गर्छन् । 

समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्ने गरेका छन् । 

हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवक कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अंग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । शपथ ग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको संख्या ५० पुग्ने भएको छ ।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलोपटक कार्य सुरु गरेको थियो । त्यसयता झन्डै चार हजार अमेरिकी नागरिकहरूले नेपालमा विभिन्न क्षेत्रमा काम गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro