site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३० हजार किलो चिनीसहित ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–८, स्थित तिनकुने सीमा इलाकाबाट करिब ३० हजार किलो चिनीसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलका अनुसार गएको २९ वैशाखमा ५९५ बोरामा रहेको २९ हजार ७५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।  

बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित  सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपीएको अवस्थामा उल्लेखित चिनी फेला परेको प्रहरीले जनाएको छ । 

१८ बोरामा रहेको ९९० किलो मकै, ९५ बोरामा रहेको पाँच हजार २७९ किलो गहुँ समेत बरामद गरिएको छ । बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मूल्य ४५ लाख २५ हजार ८६० रुपैयाँ कायम भएको प्रहरीको भनाइ छ । बरामद सामान तथा ट्रक आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro