देश
काठमाडौं । ललितपुर महानगरपालिकाले तिहारको अवधिभर फुटपाथमा व्यापार गर्न दिने भएको छ । महानगरले आजदेखि भाइटीकाको दिन बिहान १० बजेसम्म व्यापार गर्न दिने भएको हो ।
आजदेखि व्यापारका लागि महानगरका खाली ठाउँमा व्यापार गर्न खुला गरिएको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बताए । उनले महानगरभित्रका खाली ठाउँमा व्यापार गर्न दिइएको बताए ।
“आजदेखि खुला ठाउँमा व्यापार गर्न दिइएको छ । भाइटीकाको दिन बिहान १० बजेसम्म व्यापार गर्न दिइनेछ । त्यसपछि पुनः बन्द हुन्छ,” हाछेथुले भने ।
तिहारमा स्थानीयको उत्पादनलाई प्राथमिकताका साथ बिक्री वितरण गरी सहजीकरण गरिएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ १४:३६
प्रतिक्रिया दिनुहोस्