देश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी कानुनको पालना गर्दै चाडपर्व मनाउन अनुरोध गरेको छ ।
एक सूचना प्रकाशित गर्दै प्रशासनले सार्वजनिकस्थलमा मादकपदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले आसन्न चाडपर्व मनाउन आग्रह गरेको छ ।
यस्तै, दीपावलीका अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न र देउसीभैलो राति ९ः०० बजेसम्म मात्र खेल्न सूचित गरिएको छ ।
पटका, आतिसबाजी तथा अरू प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न अनुरोध गरिएको छ । सूचनाको पालना नगरे कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।
सूचना पढ्नोस्–
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९ २१:२४
प्रतिक्रिया दिनुहोस्