site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गठबन्धन सरकार असफल हुँदा देश आर्थिक संकटमा फस्योः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुआत गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उनले भनाइ छ ।
  
शनिबार बिहान बुटवलमा उद्योगी तथा व्यवसायीको भेलालाई संवोधन गर्दै रूपन्देही २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारसमेत रहेका पौडेलले सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम भएको टिप्पणी गरे । 

“सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्था आयो”, पौडेलले भने,  “मुलुकमा चरम मूल्यवृद्धि भएको छ । म अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले बढेर ८ दशमलव १ प्रतिशतमा पुगेको छ ।”

अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धिलगायत कारणले निजी क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको उनले बताए ।

गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहीत व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पौडेलले बताए ।

सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै पौडेलले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गरे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro