site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनल दुई खेलअगावै युरोपा लिगको नकआउट चरणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्रानिट साकाको निर्णायक गोलप्रेरित आर्सनलले बिहीबार पीएसभी एइन्डोभनलाई १–० ले पराजित गर्दै दुई खेलअगावै युरोपा लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा साकाले ७१औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितमा निर्णायक बन्यो । साकाले टेकहिरो टोमियासुको पासमा भली गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

युरोपा लिगको समूह ‘ए’ मा शतप्रतिसत जित निकालेको आर्सनलले चार खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट सात अंक जोडेको पीएसभी तालिकाको दोस्रो स्थानमा छ ।

इंग्लिस प्रीमियर लिगमा पनि शीर्ष स्थानमा रहेको आर्सनल आइतबार साउथह्यम्पटनसँग खेल्दै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय