site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नजिकियाे तिहार : व्यापारी भन्छन्– खासै छैन व्यापार
SkywellSkywell

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । 

असन चोक, महाबौद्ध, इन्द्रचोक, न्युरोडलगायत क्षेत्रमा झिमिमिली, ओखर, भाइमसलालगायत तिहारको लागि चाहिने सरसामान किनमेल गर्ने सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्छ । 

Tihar 31666280211.jpg

KFC Island Ad
NIC Asia

तर, व्यापारिहरू भने तिहार नजिकिएपनि पहिलेको जस्तो व्यापार नभएको बताउँछन् । अपेक्षाअनुसारको व्यापार नभएको उनीहरूको भनाइ छ । 

गएको दुईवर्ष कोरोनाको कारण व्यापार लगभग ठप्प नै बनेको थियो । तर, यो वर्षबाट व्यापार सुध्रिने अपेक्षा गरेपनि त्यसो नभएको तिहार सामान विक्रेताहरूको दाबी छ । 

Royal Enfield Island Ad

असन बजारमा लामो समयदेखि पसल खोलेर बसेका व्यापारी हुन्, उत्तमकाजी तुलाधर । उनले करिब ५० वर्षदेखि यहाँ पसल गरेर बसेका छन् । उनले तिहारको समयमा ओखर, भाइमसला जस्ता सामान विक्री गर्दै आइरहेका छन् ।

यसवर्षको तिहारमा ग्राहकहरूमा उत्साह नदेखिएको उनी बताउँछन् । अघिल्ला वर्षहरूमा तिहारको समयमा व्यापार हुने गरेको भएपनि यसवर्ष भने त्यति धेरै हर्ष र उत्साहजनक व्यापार नभएको उनले बताए । 

“पहिलेको तुलना गर्ने हो भने यसवर्षको तिहारमा त व्यापार नै छैन । ग्राहक आएपनि महँगो भयो भन्नुहुन्छ,” तुलाधरले भने, “सामान नै नलिएर फर्किनुहुन्छ ।”

उनले कारोना कालमा भन्दा पनि कम व्यापार भएको सुनाए । “कोरानाको समयमा पसल बन्द थियो, पसल खुला हुदाँ व्यापार राम्रै हुन्थ्यो,” उनले भने, “अहिले त पसल पनि खुला नै छ । ग्राहक पनि एकदम कम आउनु हुन्छ ।”

Tihar 21666280212.jpg

यस्तै, महाबौद्धमा लामो समयदेखि इलेक्ट्रोनिक होलसेल पसल सञ्चालन गर्दै आएका गोविन्द बहेती पनि अपेक्षाकृत व्यापार हुन नसकेको बताउँछन् । 

“दुई वर्ष कोरोनाको कारण ठप्प भएको व्यापार यसवर्षबाट लयमा आउने आशा थियो । तर, कारोबारको हिसाबले झनै निराश बनाएको छ । यस वर्षको तिहारमा कोरानाको समयमा भन्दा पनि व्यापार झन् खुम्चिएको छ,” उनले भने ।

यस्तै, विगत ५ वर्षदेखि महाबौद्ध चोकमा आफ्नै नामबाट ‘स्टोर’ सञ्चालन गर्दै आइरहेका श्याम भक्तले पनि यसपालि ५० प्रतिशत व्यापार घटेको बताए । 

उनले प्रत्येक वर्ष चाडबाडको समयमा भाइमसला, ओखर, नरिवललगायतको सामान विक्री गर्दै आइरहेका छन् । तिहारको समयमा पनि अरूबेला जस्तै नै व्यापार भएको श्याम भक्त बताउछन् । 

“तिहारको समय व्यापार अलि धेरै हुन्छ भन्ने सबैलाई अपेक्षा हुन्छ । त्यो स्वावाभिक पनि हो । पहिले हुन्थ्यो पनि तर यसपालि पहिलेका तिहारको समयमा भन्दा ५० प्रतिशत व्यापार कम भएको छ ।”

Tihar 41666280211.jpg

यस्तै कालिञ्चोक एसेसको सञ्चालक देवीलाल श्रेष्ठ पनि तिहारको लागि आवश्यक पर्ने सबै खालका सामान नआएको बताउँछन् ।

ग्राहकको मागअनुसार सामान नआएको बजारमा सामान आपूर्ति गर्न नसक्दा पनि व्यापार सुस्ताएको उनी बताउँछन् ।

“एकतर्फ ग्राहक नै कम छन् । अर्काेतर्फ बजारमा ग्राहकको माग अुनसारको सामान आपूर्ति गर्न सकिरहेका छैनौँ । त्यसले गर्दा पनि हामीले सोच अनुसारको व्यापार हुन सकेको छैन,” उनले थपे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro