site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौं महानगरले तिहारलक्षित बजार अनुगमन गर्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार पर्व लक्षित बजार अनुगमनलाई नियमित गर्ने भएको छ । आज उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको संयोजकत्वमा बसेको समितिको बैठकले नियमितसँगै पर्वलक्षित विशेष अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

अनुगमनका लागि महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाको संयोजकत्वमा अनुगमन टोली गठन भएको छ । अनुगमन टोलीमा महानगरका अधिकारीहरूसँगै जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट प्रतिनिधिलाई सहभागी गराइनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, अनुगमन हुने वडाबाट प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी रहनेछन् । 

बैठकमा बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, स्वच्छ, सुपथ र सुलभ बजारमा गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको हक स्थापित गराउनुलाई नतिजा मानेर काम गर्नुपर्ने बताइन् । "यो नियमित प्रक्रिया हो । अवसर विशेष गरिने क्रियाकलाप होइन । त्यसैले तिहारपछि पनि अनुगमन नियमित चलिरहन्छ," उनले भनिन, "अनुगमनबाट कोही पनि हतोत्साहित हुनुहुँदैन ।"

Global Ime bank

त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, बजारको सन्तुलन कायम गराइ राख्न निगरानी आवश्यक पर्ने धारणा राखे । 

बैठकले तिहारमा धेरै उपयोग हुने मिठाई, मसला, फलफुल, दूध तथा दूधजन्य, फलफुललगायत खाद्यबस्तुको विक्री वितरण तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको अनुगमन गर्ने निर्णय भएको छ । 

बैठकमा समितिका सदस्य एवं वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा ३१ का अध्यक्ष सरोज ढकाल, स्वास्थ्य, कानुन तथा मानव अधिकार विभाग, खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुखहरू, पशु चिकित्सक, पशु विकास अधिकृतसहित पदाधिकारी सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement