काठमाडौं । नवौँ राष्ट्रिय खेकलुद प्रतियोगिताको स्क्वासमा महिलातर्फ वाग्मती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ११–८, ११–४, ११–५ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन् ।
अर्को सेमिफाइनलमा वाग्मतीकै स्वस्थानीले गण्डकी प्रदेशकी कृष्णा थापामगरलाई १३–११, ११–७, ६–११, ११–७ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन् ।
आठौँ राष्ट्रिय खेलकुदको स्क्वास च्याम्पियन गण्डकीकी कृष्णा र वाग्मतीकी भावना कास्यपदक जितिन् ।
स्क्वासका संयोजक लोकेन्द्रमान सिंह भण्डारीकाअनुसार पुरुषतर्फको टिम इभेन्टमा वाग्मती र गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेका छन् । वाग्मतीले लुम्बिनीलाई तथा गण्डकीले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
भण्डारीकाअनुसार गण्डकीका अमृत थापामगरले व्यक्तिगत स्पर्र्धा स्वर्ण जितिसकेका छन् । स्क्वासमा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।