देश
![डेंगी संक्रमण भएपछि टेकु अस्पताल भर्ना भए स्वास्थ्य राज्यमन्त्री केसी](https://12khari.top/uploads/posts/Hirachandara-KC-dengue11666161319.jpg)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी संक्रमण भएको छ ।
संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।
गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगी परीक्षण गराएका थिए ।
राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
बुधबार भने केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १२:२०
प्रतिक्रिया दिनुहोस्