site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रूपन्देही २ का राजु गुरुङको उमेदवारी खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का विष्णु पौडेलविरुद्ध रूपन्देही २ मा नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उमेदवारी बदरविरुद्ध सर्वोच्चमा परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । 

रिटको सुनुवाइ आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो ।  सुनुवाई पछि श्रेष्ठको इजलासले रूपन्देही २ का निर्वाचन अधिकृतको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्नु भनी आदेश जारी गरेको छ ।

Dabur Nepal
NIC Asia

 गुरुङले आफ्नो उमेदवारी खारेजीविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । गुरुङको रिटमा प्रारम्भिक सुनुवाइका लागि शुक्रबार न्यायधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको थियो । पेसी गुरुङकै कानुन व्यवसायीबाट स्थगित गरिएको थियो । 

गुरुङको उमेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए ।

आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका थिए । गुरुङलाई ०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu