site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी विभागलाई दिएकोप्रति महासंघको आपत्ति 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति आपत्ति जनाएको छ । 

स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने महासंघले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहिता पालना भए/नभएको अनुगमन प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । 

आयोगले चुनाव प्रचार/प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ । “लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ,” महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार माग गर्दछ ।” 

Global Ime bank

    
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय