
काठमाडौं । नेपाल राष्ट्र बैंककी निमित्त गभर्नर निलम ढुङ्गानाले आर्थिक विकासलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने बताएकी छन् ।
नेपाल चार्टर्ड अकाउन्टेन्ट्ड संघले काठमाडौंमा आयोजना गरेको “दिगो आर्थिक विकास”सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै उनले अबको एजेन्डा दिगो आर्थिक विकासको भएको भन्दै बैक तथा वित्तीय संस्थाले पनि उत्पादनशील क्षेत्रमा कर्जा बढाउनु पर्ने बताइन् ।
उनले लगानी योग्य रकम (तरलता) अभाव रहे पनि उत्पादनशील क्षेत्रमा बैंकले लगानी बढाउनुको विकल्प नरहेको बताइन् ।
दिगो आर्थिक विकासका लागि औद्योगिक विकास हुनु पर्ने तथा बैंकहरूले आफ्नो लगानी पनि सोहीअनुसार बढाउनु पर्ने उनको भनाइ छ ।
राष्ट्र बैंकले कुल कर्जा प्रवाहको कृषिमा १५ प्रतिशत र हाइड्रोपावर क्षेत्रमा १० प्रतिशत लगानी गर्नु पर्ने निर्देश गरेको छ ।