site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँमा पुरिएर ४५ खच्चड मरे
धौलागिरि हिमाल । फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार १६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।

आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फाका नौजनाको उद्धार गरिएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र सांग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घरपझोङ–२, मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ, धनराम तामाङलगायत व्यक्तिलाई धौलागिरि आधार शिविरबाट हेलिकोप्टरमार्फत उद्धार गरी मंगलबार ताकममा ल्याइएको छ ।

“असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ,” माइकलले भने, “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।”

Royal Enfield Island Ad

चारजना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत उद्धार गरेर पोखरा लगिएको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro