site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असोज मध्ययता घट्दै डेंगी संक्रमितको संख्या, कात्तिक अन्तिमसम्म नियन्त्रण होला ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यस वर्षको सेप्टेम्बर (असोज मध्येसम्म)मा उच्च रुप लिएको डेंगी संक्रमण अक्टोबर दोस्रो सातासम्म आइपुग्दा केही मत्थर हुँदै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार अक्टोबरका ११ मा देशभर ५ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ । 

गत सेप्टेम्बरमा मात्रै २७ हजार ५२९ जना डेंगी संक्रमित थपिएका थिए । गत जनवरीदेखि अक्टोबर ११ सम्म देशभर डेंगी संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ भने संक्रमणका कारण ४५ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ । अक्टोबरका ११ दिनको तथ्यांक हेर्दा डेंगी संक्रमण घट्दै गएको शंकेत देखिने महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“अहिलेलाई डेंगी संक्रतिको संख्या डिक्रिजिङ अर्डरमा छ, यही अवस्थाका आधारमा आगामी दिनमा संख्या घट्दैजाला भन्ने आंकलन हो,” डा. दाहालले भने । गतवर्ष ५४० जनामा सिमित डेंगी संक्रमण असोज अन्तिमसम्म मात्रै देखिएको थियो । तर, यसवर्ष संक्रमणले प्रकोपको रुप लिएकाले गत वर्षभन्दा एक महिना बढी लम्बिनसक्ने महाशाखाको आंकलन छ । तर, डेंगीका फाट्टफुट्ट केस मंसिर अन्तिमसम्म नै देखिने गरेकाले सतर्कता भने अपनाउन वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव छ । 

Royal Enfield Island Ad

डेंगी संक्रमण सार्नेे ‘एडिस’ जातको पोथी लामखुट्टे बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय रहने भएकाले यो समयमा विशेष सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ । घर वरिपरी पानी जम्न नदिनु, लामखुट्टे बस्नसक्ने झाडीहरू सफा गर्नु, गमला, टायर, ट्यांकी आदीमा पानी जम्न नदिनु, व्यक्तिगत सुरक्षाका उपाय अपनाउनु नै लामखुट्टेको टोकाइबाट बच्ने उपाय हुन् ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro