site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
दसैँ बिदामा सात सयको आकस्मिक उपचार
फाइल तस्बिर।
SkywellSkywell

नुवाकोट । दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब ७०० बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ पर्वको बिदामा दोब्बर बढी ६७७ बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (प्रमुख) डा दीपेन्द्र पाण्डेले जानकारी दिए । 


उनका अनुसार अघिल्ला दुई वर्षको दसैँ पर्वमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमा समेत पर्व बिदामा कुल ३०० हाराहारीका बिरामीले सेवा लिएकामा यस वर्ष दोब्बर बढी बिरामीले सेवा लिएका हुन् ।

Dabur Nepal
NIC Asia

“सेवाग्राही बिरामीको सङ्ख्या बढ्नु भनेको हाम्रो समुदायमा बिरामीको सङ्ख्या बढेको हो,” अस्पतालका मेसु डा पाण्डेले भने, “यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पतालमा भर्ना भएका छन् ।”

दसैँ बिदाको अवधिमा ज्वरोका बिरामी २३०, डेङ्गुका १६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चार, भवितव्य मृत्यु भएका व्यक्तिको शव परीक्षण एक जनासहित अन्य विभिन्न स्वास्थ्य समस्या भएका २३० बिरामीलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको छ ।

अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये १०० भन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा पाण्डेले बताए । उनका अनुसार अस्पतालले दसैँ बिदाको समयमा बहिरङ्ग विभाग (ओपीडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दसैँ बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

वाग्मती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्या चलाउँदै नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा पु¥याइरहेको छ । अस्पतालले डेङ्गु रोगको निःशुल्क परीक्षणसहित कोरोना परीक्षणका लागि आरटी–पीसीआर परीक्षण प्रयोगशाला डिजिटल एक्सरे, आइसीयू, एनआइसीयू, एचडीयूलगायतका सेवा उपलब्ध गराउँदै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro