देश
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुलनजिक जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
सोमबार साँझ करिब सवा ६ बजे प्रदेश २–०३–००१ च १९२४ नम्बरको जीपले ज५प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र जीप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९ ०९:५६
प्रतिक्रिया दिनुहोस्