देश
काठमाडौं । नेपाली सेनाले गोरखाको मनास्लु इलाकामा फसेका दुई विदेशीसहित आठजनाको उद्धार गरेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि फसेका दुई इजरायली र छजना नेपाली नागरिकलाई उद्धार गरेको हो ।
इजरायली नागरिकहरू ओरी ओरअफ र यरीभ बोर्ट तथा छजना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई शुक्रबार उद्धार गरी सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ ।
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था हाल सामान्य रहेको सेनाले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ १९:४८
प्रतिक्रिया दिनुहोस्