राजनीति
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा (एमाले)को समानुपातिक सूचीमा परेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उमेदवार सूचीमा ढकाल पनि अटाएका हुन् ।
एमाले स्रोतबाट बाह्रखरीलाई प्राप्त सूचीमा ढकालको नाम रहेको भेटिएको हो । एमालेले आयोगमा बुझाएको बन्दसूचीको १९ नम्बरमा ढकालको नाम रहेको छ ।
एमाले र ढकाल नेतृत्वको परिवार दलले गत स्थानीय चुनावमा पनि तालमेल गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ १९:२४
प्रतिक्रिया दिनुहोस्