site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्व मेयर पीएल सिंहको निधन, काठमाडौंमा बिदा  
Tiktok banner adTiktok banner ad

काठमाडौं ।काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । आज बिहान उनको निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

उनले २०५२ मंसिर २९ मा काठमाडौं नगरपालिकालाई महानगरपालिकामा घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेसम्म चाक्सीबारीमा राखिने भएको छ । यसैबीच काठमाडौं महानगरपालिकाले पनि आज शोक बिदा दिएको छ । अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिएको महानगरले जनाएको छ । 

८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।  पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्। ०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए। 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro