देश
![आगलागीबाट ८४ वर्षीया वृद्धा गम्भीर घाइते](https://12khari.top/uploads/posts/Aagolagi1614662727.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् ।
गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिए ।
भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । घरमा आगो लागेको थाहा पाएकी साउँद भागेर बाहिर निस्किँदा जलेर घाइते भएकी प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ १५:५१
प्रतिक्रिया दिनुहोस्