देश
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । रेक्की ध्यान केन्द्र पुरिँदा तीनजनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरूको डेढ वर्षको बच्चा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेश राज मैनालीले जानकारी दिए ।
गएराति साढे १ बजे पहिरोले एक तले ध्यान केन्द्र पुरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ ०७:४१
प्रतिक्रिया दिनुहोस्