देश
काठमाडौं । बाराको अमलेखगन्जमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । तीमध्ये १५ जनाको शव हेटौँडास्थित अस्पताल र एकजनाको शव चितवनस्थित अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये १० पुरुष ६ महिला छन् । आठजनाको घटनास्थलमै मृत्यु भएको थियो । अरू यात्रीको उपचारका क्रममा मृत्यु भएको हो ।
बिहीबार बिहान चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
मोडमा बस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९ १५:१७
प्रतिक्रिया दिनुहोस्