site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्यामरुककोटमा  खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका
Siddhartha BankSiddhartha Bank

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वको खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै आज सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ ।

घटस्थापनादेखि बडादसैँको दिनसम्म दुर्गा भवानीको पूजाअर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइ, समृद्धि र सहकालको कामना गर्दै प्रसादस्वरुप टीका ग्रहण गरिएको हो । मौलोमा कोट पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे, स्थानीय ज्येष्ठ नागरिक, स्थानीयवासी, पुजारी, उपासु तथा सर्वसाधारणले दही र अक्षता चढाउँदै सहकाल र समृद्धिको कामना गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल एकीकरण हुनुपूर्व तत्कालीन पर्वत राज्यअन्तर्गत पर्ने ऐतिहासिक तथा सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिएको खड्गभवानी कोतमा परम्परादेखिनै दुर्गा भवानीको पूजा आराधना हुनुका साथै सप्तमीको दिनदेखि नवमीको दिनसम्म बलिसहित शक्ति स्वरुपा नवदुर्गा भवानीको विशेष पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

कोतको अगाडि रहेको मौलो र हतियार रहेको कोत घर खड्गभवानी मन्दिरका विशेषता रहे पनि बली दिएका राँगो र खसीको शिर कुन दिशातर्फ फर्कन्छ र घटस्थापनाको दिनमा बालिएको बत्ती दशमीका दिनसम्म निभ्छ कि निभ्दैन भन्ने विषयले महत्व पाउने स्थानीय बुढापाका बताउँछन् । 

Global Ime bank

तत्कालीन राजा भर्तिवम मल्लको दरबारलाई उनको मृत्युपछि कोत बनाइ राजाले प्रयोग गरेका हातहतियार, ढाल, तरबारलगायत सामान राखिएको खड्गभवानी कोत ऐतिहासिक दृष्टिकोणले मात्र नभई प्राकृतिक सौन्दर्य र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ । यहाँ पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । 

वडाध्यक्ष कार्कीका अनुसार खड्गभवानी कोतसँग म्याग्दीकै इतिहास र बाइसेचौबिसे राज्यको वास्तविकता गाँसिएकाले कुरिलाखर्क महारानी, बेनीको शिवालय मन्दिर, निरयघाट, ढोलठान र ताकमकोटसँग ज्यामरुक कोटको ऐतिहासिक सम्बन्धबारे खोजीनीति भइरहेको छ । गौरवमय इतिहास बोकेको ज्यामरुककोटलाई देश विदेशमा चिनाउन तथा यसको विकास गर्न पहल भइरहेको वडाध्यक्ष कार्कीको चनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement