site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चाडपर्वमा पनि विदेशिन बाध्य नेपाली
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यतिबेला सिंगो देश नै दसैँमय छ । तर, केही नेपाली भने विदेश जान बाध्य छन् । आज (बुधवार) सम्पूर्ण हिन्दू नेपाली विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिस टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । आज बिहान दसैँको टीका लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा विदेश जानका लागि परिवारसँग खुसी र दुःख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो । 

अधिकांश नेपाली दसैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । तीमध्ये अधिकांश युवा छन् । रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको दिनमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् । 

उनीहरू अहिले दसैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर विदेशिन लागेको बताउँछन् । दसैँको बेलामा सयौँ युवा रोजगारीका लागि विदेसिन बाध्य छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाको मन भारी छ । यद्यपि, हातमुख जोर्ने बाध्यताले चाडपर्व मनाउने सुविधा भने दिएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय